२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

युएईमाथि नेपालको रोमाञ्चक जित



अ+ अ-

काठमाडौँ । आईसीसी यु–१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपालले विजयी सुरुवात गरेको छ । आफ्ना पहिलो खेलमा नेपालले युएइलाई डिएसएल पद्धतिबाट हराएको हो ।

मुलपानी क्रिकेट मैदानमा नेपालले दिएको २०१ रनको लक्ष्य पछ्याएको युएईले ३६ ओभरको खेल सकिँदा ७ विकेट गुमाएर १७१ बनाएको थियो ।

सोही समयमा वर्षा भएसँगै अँधेरो हुन लागेसँगै डिएलएस पद्धतिमार्फत नतिजा निकालिएको हो । युएईका लागि यायिन किरण रायले अविजित १०४ रन बनाए पनि जितका लागि पर्याप्त हुन सकेन ।

त्यसअघि मुलपानी क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ४० ओभरमा ९ विकेट गुमाएर २०० रन जोड्यो ।

नेपालका लागि कप्तान नरेन भट्टले अर्धशतकीय पारी खेले । नरेनले ७५ बलमा ६७ रन बनाए । यस्तै, दिलसाद अलीले ३४ र साहिल पटेलले ३२ रन जोडे । बलिङतर्फ युएईका उदिस सुरीले ३ विकेट लिए ।

मैदान भिजेको कारण केही ढिला सुरु भएको खेल ४० ओभरमा घटाइएको थियो । जितसँगै नेपालले २ अंक जोडेको छ ।