२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

आन्दोलनरत शिक्षकसँग कांग्रेसका दुई महामन्त्रीको छलफल



अ+ अ-

काठमाडौं । १४ दिनदेखि सडक केन्द्रित आन्दोलन गर्दै आएका सामुदायिक विद्यालयका शिक्षकहरुसँग आज नेपाली कांग्रेसका महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्माले छलफल गरेका छन् ।

शिक्षकका माग पुरा गर्नेबारे सरकारले कुनै औपचारिक निर्णय नगरेका बेला कांग्रेसका महामन्त्रीहरु थापा र शर्माले छलफल गरेका हुन् । कांग्रेसको पार्टी कार्यालय सानेपामा भएको भेटघाटमा शिक्षकहरुले राखेका बारेका बारेमा छलफल भएको बताइएको छ ।

शिक्षकहरुले विद्यालय शिक्षा ऐन तत्काल जारी गर्नुपर्नेलगायतका पेशागत हकहितको माग गर्दै काठमाडौंमा सडक केन्द्रित आन्दोलन गर्दै आएका छन् ।

शिक्षकहरुको आन्दोलनका कारण वैशाख १ गतेबाट सुरु भएको नयाँ शैक्षिक सत्र अन्योलमा परेको छ । यसैगरी विद्यार्थी भर्ना अभियान पनि प्रभावित भएको छ । शिक्षकहरुले एसईई परीक्षाको उत्तरपुस्तिका परीक्षण गरेका छैनन् । वैशाख ११ गते सुरु हुने कक्षा १२ को परीक्षा सञ्चालनमा पनि आफूहरु सहभागी नहुने घोषणा उनीहरुले गरेका छन् ।

सरकार र आन्दोलनरत शिक्षकहरुबीच सहमतिका लागि वार्तासमेत हुन सकेको छैन ।




भर्खरै