२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई जना घाइते



अ+ अ-

दमौली । पृथ्वीराजमार्गअन्तरगत तनहुँको शुक्लागण्डकी नगरपालिका–४ गल्छिनामा गए राति दुई वटा मोटरसाइकल एकआपसमा ठक्कर खाँदा एकको मृत्यु भएको छभने दुई जना गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा शुक्लागण्डकी नगरपालिका–३ कवासेका १९ वर्षीय रोमन लम्सालको मृत्यु भएको रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुलेगौँडाबाट खैरेनीटारतर्फ आउँदै गरेको लु २४ प २२४७ नम्बरको मोटरसाइकल र खैरेनीटारबाट दुलेगौँडा जाँदै गरेको लु प्र ०१००१ प ५६६८ नम्बरको मोटरसाइकल ठोक्किँदा लु प्र ०१००१ प ५६६८ नम्बरका चालक लम्सालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुर्घटनामा अर्को मोटरसाइकलमा सवार २० वर्षीय सुशान आले र सोही ठाउँका १९ वर्षीय निश्चल गुरुङ गम्भीर घाइते भएका छन् । घाइतेको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।