२३ जेष्ठ २०८३, शनिबार
,
Latest
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोदावरी नगरपालिका–१ लाई बालमैत्री वडा घोषणा



अ+ अ-

ललितपुर। गोदावरी नगरपालिका–१ लाई बालमैत्री वडा घोषणा गरिएको छ । ‘सम्मानित बालापन–सुनिश्चित बाल अधिकारः बालमैत्री तथा समुन्नत गोदावरीका आधार’ भन्ने मूल नाराका साथ आज उक्त वडालाई बालमैत्री घोषणा गरिएको हो ।

‘बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८’ ले तय गरेको ५१ वटा सूचक पूरा गरी बालमैत्री वडा घोषणा गरिएको गोदावरी नगरपालिका–१ का वडा सचिव शालिग्राम गुरागाईंले जानकारी दिनुभयो ।

सो कार्यक्रमको प्रमुख अतिथिका रुपमा ललितपुर क्षेत्र नं १ बाट निर्वाचित सङ्घीय सांसद उदय शमशेर राणा हुनुहुन्थ्यो । गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले यसैवर्ष भित्र  सबै वडालाई बालमैत्री बनाउने लक्ष्य लिएको बताउनुभयो । रासस