२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगामी अधिवेशनमा निजामति ऐनलाई संसदमा पेश गर्नेगरी लागेका छौँः सभापति खतिवडा



अ+ अ-

काठमाडौँ । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संघीय निजामति ऐनलाई आगमी अधिवेशनमा संसदमा लैजाने गरी काम भइरहेको बताउनुभएको छ ।

शुक्रवारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले विधेयकमा छलफल गर्दा कोही पनि सांसद पार्टीगत रुपमा प्रश्तुत नभएको र नहुने प्रतिवद्धता जनाउनु भयो । उहाँले सांसदहरुले स्वतन्त्रतापूर्वक विधेयमाथि धारणा राख्नुभएको उल्लेख गर्दै व्यक्तिगत फाइदा नहेरी काम भइरहेको बताउनु भयो । उहाँले मुलुकको हितका लागि कानून बन्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामी यहाँ पार्टीगत रुपमा प्रश्तुत भएका छैनौँ । जातिगत रुपमा प्रश्तुत भएका छैनौँ । माननीय सदस्यहरुले इन्डिपेण्डेट रुपमा आफ्ना कुराहरु राख्नुभएको छ, स्वतन्त्रतापूर्वक । मुलुक सुहाउँदो रुपमा कानून बनोस् । हामी व्यक्तिगत कसलाई फाइदा र कसलाई बेफाइदा नहुने गरी मुलुकको हितका लागि कानून आउनेछ । हामी जतिसक्दो चाँडो आगामी अधिवेशनमा यो विधेयक लैजाने तयारीका साथ लागेका छौँ ।’

समितिको अर्को बैठक वैशाख ८ गते बस्नेगरी स्थगित भएको छ ।