२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिक्षक मागबारे सरकारलाई दबाब दिन कांग्रेसको शुभेच्छुक संस्था समन्वय विभागले गरायो सभापति देउवाको ध्यानाकर्षण



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको शुभेच्छुक संस्था समन्वय विभागले आन्दोलनरत सामुदायिक विद्यालयका शिक्षकका माग सम्बोधनका लागि सरकारलाई दबाब दिन कांग्रेस सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएको छ ।

नेपाली कांग्रेस निकट विभिन्न संघसंस्था तथा प्रतिनिधिको हस्ताक्षरसहित विभागले शिक्षकका माग सम्बोधन गर्ने पहलकदमीमा अग्रसरता लिन सभापति देउवाको ध्यानाकर्षण गराएको हो ।

विभागले शिक्षक संघका पदाधिकारीहरु र नेपाल शिक्षक महासंघका पदाधिकारीहरुसँगको अन्तरक्रिया¸ छलफल¸सुझाव आदान–प्रदानसमेत गरेको थियो । छलफलले शिक्षकहरुको आन्दोलन जाहेज¸कानुन सम्वत¸समयानुकुलको शिक्षा गुणस्तर र पेशागत हकहित संरक्षण गर्ने माग रहेको ठहर गरेको थियो ।

शिक्षक आन्दोलनको पक्षमा ऐक्यबद्धता जाहेर गर्दै विभागले माग पूरा गर्न अग्रसरता लिनुपर्ने जनाएको छ । शिक्षकका माग पूरा गर्न सरकारलाई कडा रुपमा निर्देशन दिनुपर्ने ठहर पनि विभागले गरेको छ ।

विभागले एसईईको उत्तर पुस्तिका परीक्षण तथा परीक्षाफल प्रकाशन तथा कक्षा १२ को परीक्षा सञ्चालनमा असर नहुने गरी आन्द्योलनरत शिक्षकसँग वार्ता गर्नुपर्नेमा जोड दिएको छ ।