२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्यटनमा महिला उद्यमशीलताका लागि बजेट व्यवस्था गर्छौंः पर्यटनमन्त्री पाण्डे



अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले पर्यटनमा महिला उद्यमशीलता ठूलो सम्भावना बोकेको क्षेत्र भएको बताउनुभएको छ ।

शनिवार ललितपुरमा आयोजित एक कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले पुरुषहरु वैदेशिक रोजगारका लागि विदेश पलायन भएकाले पर्यटन क्षेत्रमा महिला उद्यमशीलताको सम्भावना र चुनौति दुवै भएको बताउनु भयो । उहाँले महिला उद्यमशीलताका लागि पर्यटन क्षेत्र महत्वपूर्ण हुने बताउनु भयो ।

महिलाले धैर्यतापूर्वक सोचेर करुणामैत्री भावले काम गर्ने भएकाले पर्यटन क्षेत्रमा महिलाको भुमिका उपयुक्त हुने बताउनु भयो । उहाँले पर्यटन क्षेत्रमा महिला उद्यमशीलताका बारेमा सम्बन्धित क्षेत्रका विज्ञहरुसँग छलफल गरेर बजेटमा व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । पर्यटनमा महिला उद्यमशीलता अर्थतन्त्रको पनि आधार बन्नसक्ने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘महिला उद्यमशीलताको विषय निकै सम्भावना र चुनौति बोकेको विषय हो । सम्भावनाको क्षेत्रलाई उजागर गर्ने हो भने मानिसहरु विदेश पलायन भइरहेको अवस्था संख्यात्मक दृष्टिकोणबाट पनि पुरुषहरु विदेश पलायन भएको गाउँहरु रित्तो भएको अवस्था छ । रित्तो भएको सन्दर्भमा पनि गाउँमा महिलाहरु हुनुहुन्छ । ७० प्रतिशत महिला हुनुहुन्छ ।

महिलाहरु देशभित्र हुनुहुन्छ । यो महिला उद्यमशीलता नै महत्वपूर्ण यतिखेरका लागि अर्थतन्त्रको आधार हुनसक्छ पर्यटन क्षेत्रमा महत्वपूर्ण रणनीति हुनसक्छ । यो विषयलाई छलफलको विषय राख्नुपर्छ । महिला उद्यमशीलता त्यो पनि पर्यटन क्षेत्रमा कसरी सम्भावना छ र चुनौतीका कुराहरु हामीले प्रत्येक छलफलमा एउटा खण्डा यो राख्यो भने समस्या उजागर हुन्छ र समाधान पनि निस्किन्छ । हामीलाई रोडम्याप पनि क्लियर हुन्छ । नीतिमा कानूनमा बजेट र योजनामा के गर्ने भन्ने कुरामा म गर्छौं भन्ने प्रतिवद्धता व्यक्त गर्छु ।’

मन्त्री पाण्डेले पर्यटन व्यवसायमा डिजिटल युगको अधिकतम उपयोग गर्नुपर्ने बताउनु भयो । उहाँले सरकार र निजी क्षेत्रबीच विश्वासको संकट उत्पन्न भएको बताउनु भयो । उहाँले विश्वासको कमी हुँदा समस्या उत्पन्न हुने भएकाले सरकार र निजी क्षेत्रले एक आपसमा विश्वासको वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘पर्यटनमा महिला भन्न विषय चाहीँ राम्रो गरी प्रश्तुत भयो । तर यसमा डिजिटल युग र यसको उपयोग गर्ने सन्दर्भमा कम छलफल भयो जस्तो लाग्यो । किन की यो डिजिटल युगल हामीलाई धेरै सहज बनाएको छ । होटलहरु बुक अनलाइनबाट हुने गर्छन् । होटलको सुविधा पनि हेर्छ, खर्च पनि हेर्छ । एकै बिन्दुबाट सेवा लिने र दिने इगभर्नेन्सको पनि हामीले कुरा गरी रहेका छौँ ।

यो सन्दर्भमा पनि हामीले डिजिटल युगलाई अधिकतम उपयोग गर्नुपर्छ । मेरो यो बीचको अनुभव चाहीँ निजामति प्रशासन र निजी क्षेत्रमा राम्रो विश्वासको वातावराण भयो भने अगाडि बढ्न सकिन्छ । अहिले त्यो विश्वासको वातावरण छैन । सरकार भनेको जनप्रतिनिधि प्रशासनसँग फसाइ दिन्छ कि भनेर डराउने र निजी क्षेत्र पनि अल्झिने भएपछि विश्वास भत्किएको छ । यो निर्माणमा तत्परताका साथ लाग्नुपर्छ ।’

मन्त्री पाण्डेले पर्वतारोहणको क्षेत्रमा काम गर्नेहरुका लागि सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने प्रक्रियामा सरकार रहेको बताउनु भयो ।




भर्खरै