२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

थामेमा जलवायुसम्बन्धी सम्मेलन सम्पन्न



filter: 0; fileterIntensity: 0.0; filterMask: 0; captureOrientation: 180; algolist: 0; multi-frame: 0; brp_mask:0; brp_del_th:null; brp_del_sen:null; motionR: 0; delta:null; bokeh:0; module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 2621440;cct_value: 0;AI_Scene: (23, 0);aec_lux: 89.84806;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: 0;weatherinfo: null;temperature: 45;
अ+ अ-

सोलुखुम्बु। यहाँको थामेमा आयोजित ‘आरोही सम्मेलन, जलवायु न्यायका लागि संवाद’ विषयक सम्मेलन सम्पन्न भएको छ ।

साथसाथै फाउन्डेसनले आयोजनामा भएको सम्मेलनको आज यहाँ उद्घाटन गर्दै रक्षामन्त्री मानवीर राईले पृथ्वी बचाउ अभियानमा सबै एकताबद्ध हुनुपर्ने बताउनुभयो । त्यसका लागि नेपाल सरकारले राष्ट्रिय तथा अन्तरराष्ट्रिय समुदायसँग सहकार्य गर्ने उहाँको भनाइ थियो ।

मन्त्री राईले जलवायु परिवर्तनको असरका कारण हिमताल विस्फोट हँुदा आएको बाढीले पर्यटकीय नगरी थामेबस्ती तहसनहस बनाएको स्मरण गर्दै थामेबस्ती पुनःनिर्माणको काम सरकारले अघि बढाउने बताउनुभयो । उहाँले भन्नुभयो, “जलवायु परिवर्तनले हामी आक्रान्त छौँ तर यसको न्यूनीकरणमा सबै जुट्नुपर्छ । त्यसका लागि सरकार अघि बढिसकेको छ ।”

कार्यक्रममा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले जलवायु परिवर्तनजन्य विपत्तिबाट प्रभावित समुदायको पुनःनिर्माण कार्यलाई नेपाल सरकारले अगुवाइ गरेर अघि बढाउने घोषणा गर्नुभयो । मन्त्री शाहीले बाढीपीडित बस्तीको पुनःनिर्माणलाई सरकारले ‘अपनत्व’ लिएको र सरकार सधैँ खुम्बुबासीको पक्षमा रहेको बताउनुभयो ।

कतारकी राजकुमारी तथा सगरमाथा आरोही आश्मा अलथानीले हरेक विकासमा जलवायु परिवर्तनको मुद्दालाई केन्द्रमा राख्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो,“हिमालमा हिउँ रित्तिदै गएको महसुस भइरहेको छ, हरेक वर्ष हिमालमा हिउँ घट्दै जानु भनेको ठूलो खतराको सङ्केत हो । यसको न्यूनीकरणमा हामी सबै जुटाँैं ।” थामे जस्ता बाढीपीडित क्षेत्रको पुनःनिर्माणमा नेपाल मात्र नभइ विश्व समुदाय नै जुट्नुपर्ने थानीको भनाइ छ ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले थामेको पुनःनिर्माण, पुनःस्थापना र परिपुरणका लागि तीनै तहका सरकार योजनाबद्ध ढङ्गले अघि बढ्नुपर्ने सुझाव दिनुभयो । उहाँले सञ्चार क्षेत्रले जलवायु परिवर्तनका मुद्दालाई प्राथमिकताका साथ उठान गर्नुपर्ने बेला आएको बताउनुभयो । टे«किङ ऐजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का वरिष्ठ उपाध्यक्ष कर्मा शेर्पाले पर्यटन पुर्वधार विकास तथा क्षतिग्रस्त संरचना निर्माणका लागि ढिला भइसकेको बताउनुभयो । थामे खोलामा आएको बाढीले सगरमाथा क्षेत्रको पर्यटकीय संरचना ध्वस्त भएकाले यसको निर्माणमा जुट्न उहाँले सरकारलाई आग्रह गर्नुभयो ।

आयोजक संस्थाका अध्यक्ष प्रजिता कार्कीले जलवायु परिवर्तनसम्बन्धी कार्यक्रम प्रभावित क्षेत्रमै पुगेर गर्दा फलदायी हुने बताउनुभयो । पृथ्वी बँच्यो भने मात्रै प्राणी जगत्को अस्तित्व सम्भाव हुने भन्दै उहाँले अब पृथ्वीको न्यायका लागि सबैले सशक्त भूमिका खेल्नुपर्ने बताउनुभयो ।

खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष मिङ्मा छिरी शेर्पाले बाढी प्रभावितका लागि राहत र पुनःनिर्माणका लागि स्थानीय सरकार अहोरात्र खटिरहेको बताउनुभयो । अन्तरराष्ट्रिय पत्रकार महासङ्घका कार्यकारी सदस्य बद्री सिग्देलले खुम्बु कस्तो विकट क्षेत्रमा सरकारका मन्त्री आफैंँ उपस्थित भएर जनगुनासो सुन्नु सकारात्मक भएको बताउनुभयो ।

नेपाल पत्रकार महासङघ सोलुखुम्बुका सुवास दर्नालले सगरमाथासहितका हिमालको सुरक्षा, हिमशृङ्लाको अस्तित्व र पृथ्वीको सन्तुलनका निम्ति सबै पत्रकार एकठाउँमा उभिनुपर्नेमा जोड दिनुभयो ।

सम्मेलनमा आरोही, जनप्रतिनिधि, सरकारी अधिकारी र स्थानीयबासीसहित भएको छलफल र संवादपछि पाँचबँुदे घोषणापत्र जारी गरिएको छ । घोषणा पत्रमा थामेसहितका बाढीपहिरोपीडितका मुद्दालाई आगामी जेठ २ गते हुने सगरमाथा संवादमा प्राथमिकताका साथ उठान गर्नुपर्ने र त्यसका लागि सबै आरोही एकजुट हुनेलगायत घोषणा समेटिएका छन् ।

कार्यक्रममा नेपाल पर्यटन बोर्ड, नेपाल पर्वतारोहण सङ्घसहितका विभिन्न सङ्घ संस्थाले सहकार्य गरेका थिए । रासस