२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘गुणस्तरीय पूर्वाधार निर्माणमा जोड दिन आवश्यक’



अ+ अ-

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले समृद्ध मुलुक निर्माणमा इञ्जिनियरको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ ।

नेपाली कांग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इञ्जिनियर्स एसोसियसन (सिडेन)को आयोजनामा ललितपुरमा आयोजना गरेको भविष्य निर्माणः नवप्रवर्तन लचिलोपन र दिगो विकाससम्बन्धी दोस्रो राष्ट्रिय सम्मेलनमा उहाँले मुलुकको विकासमा इञ्जिनियरको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको हो ।  मन्त्री खड्काले गुणस्तरीय पूर्वाधार निर्माणमा सबैले ध्यान दिनुपर्ने बताउनुभयो ।

उहाँले मुलुकको आर्थिक विकासका लागि बाधक भएका कानुन संशोधन गर्दै अगाडि बढ्न सरकार लागेको बताउनुभयो । ऊर्जामन्त्री खड्काले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य सरकारले लिएको भन्दै उक्त लक्ष्य पूरा गर्दा धेरै इञ्जिनियरले रोजगार पाउने उल्लेख गर्नुभयो ।

बूढीगण्डकी आयोजनालाई मात्र अगाडि बढाउन सकेमात्रै १७ हजारभन्दा बढीले रोजगारी पाउने उहाँको भनाइ थियो । उहाँले मुलुकको विकासका लागि इञ्जिनियरको सहयोग र सल्लाह अझ बढी आवश्यक रहेको बताउनुभयो । रासस