२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभाको वैशाख महिनाको क्यालेन्डर तयार, नीति तथा कार्यक्रम १९ गते (क्यालेण्डरसहित)



अ+ अ-

काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको पाक्षिक क्यालेन्डर तयार भएको छ । कार्यव्यवस्था परामर्श समिति बैठकले आजबाट सुरु हुन लागेको बजेट अधिवेशनमा यो महिनाभर बस्ने बैठकको क्यालेण्डर पारित गरेको हो ।

क्यालेण्डर अनुसार वैशाखमा प्रतिनिधिसभाको १२ वटा बैठक बस्नेछ। क्यालेन्डर अनुसार आजको बैठकपछि १४ र १५ वैशाखमा बस्नेछ । त्यसपछि अर्को बैठक १६ गते बस्नेछ ।

वैशाख १९ गते राष्ट्रपतिले संयुक्त सदनमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् । र त्यसपछि २२, २३, २४, २५ २६, २८, ३० र ३१ वैशाखमा प्रतिनिधिसभाका बैठक बस्नेछन् ।

प्रि बजेट’ छलफल वैशाख २८ देखि हुने सम्भावना रहेको छ। बजेट प्रस्तुत हुने १५ दिन अगावै प्रि बजेट छलफल गर्नुपर्ने कानुनी प्रावधान छ ।

संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते आगामी आर्थिक वर्षका लागि अर्थमन्त्रीले बजेट प्रस्तुत गर्नेछन् ।