२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिलावलले भने–सिन्धु नदी हाम्रो हो, कि हाम्रो पानी त्यसमा बग्नेछ या भारतीयको रगत



अ+ अ-

एजेन्सी । पाकिस्तानका पूर्व विदेशमन्त्री बिलावल भुट्टोले भारतविरुद्ध भड्काउने भाषण दिएका छन् ।

शुक्रबार एक जनसभालाई सम्बोधन गर्दै उनले भने–या त हाम्रो पानी सिन्धु नदीमा बग्नेछ या त उनीहरूको रगत बग्नेछ । सिन्धु नदी हाम्रो हो र हाम्रो नै रहनेछ ।’

सिन्धु जलसन्धि एकैचोटि तोड्नु सम्भव नरहेको उनको भनाई छ । बिलावलले भने कि भारतको जनसंख्या धेरै भएकोले, उनीहरूले पानी कसको स्वामित्वमा छ भनेर निर्णय गर्न सक्दैनन् । पाकिस्तानका जनता बहादुर रहेको र आफूहरु बहादुरीका साथ लड्ने उनले चेतावनी दिँदै सीमामा आफ्नो सेना हरेक आक्रमणको जवाफ दिन तयार रहेको प्रस्ट पारे ।

पाकिस्तान पिपुल्स पार्टी (पीपीपी)का अध्यक्ष समेत रहेका भुट्टोले भारतले पहलगाम घटनाको लागि पाकिस्तानलाई दोष दिएको बताए । आफ्ना कमजोरीहरू लुकाउन र आफ्ना जनतालाई मूर्ख बनाउन मोदीले झूटा आरोप लगाएको र एकतर्फी रूपमा सिन्धु जल सन्धि रोकेको उनको आरोप छ ।

बिलावल भुट्टोले पाकिस्तानका चार प्रान्तको एकताको बारेमा कुरा गर्दै यी चार प्रान्त चार दाजुभाइ जस्तै भएको बताए । यी चार राज्यले मिलेर भारतको हरेक मनसायको उचित जवाफ दिने उनले बताए ।

भुट्टोको यो बयान यस्तो समयमा आएको हो जब भारतले पहलगाम आक्रमणपछि सिन्धु जल सन्धि निलम्बन गरेको थियो, जसलाई पाकिस्तानले ‘युद्ध बराबर’ भनेर वर्णन गरेको छ ।