२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण



अ+ अ-

काठमाडौँ। बूढानीलकण्ठ नगरपालिका–८ सुन्दरबस्तीमा बसोबास गर्ने ६० वर्षमाथिका ५० जना ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ ।

जनमैत्री युवा क्लब र ‘नेक्स्ट स्मार्ट सपिङ’ को सहकार्यमा पुस्तान्तरण नेपालले आज स्वास्थ्य परीक्षण आयोजना गरेको हो । परीक्षणका लागि आउनुभएका अधिकांश ज्येष्ठ नागरिकमा मधुमेह र उच्च रक्तचापको समस्या देखिएको परीक्षणमा सहभागी डा विन्दु पाण्डेले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “शिविरमा ६० देखि ९० वर्ष उमेरका ५० जना आउनुभएको थियो । उहाँहरूमा सुगर, हड्डी खिइएको, प्रेसरलगायत समस्या देखियो । कतिपयले नियमित औषधि सेवन गरिरहनुभएको रहेछ । धेरै जसोका छोराछोरी रोजगारीका क्रममा विदेशमा रहनुभएकाले नियमित परीक्षण नगरेको पायौँ ।

पुस्तान्तरण नेपाल ज्येष्ठ नागरिकका लागि आवश्यक सेवा प्रदान गर्ने संस्था हो । ‘सम्मानित बुढ्यौली निर्माण’ भन्ने उद्देश्यले सञ्चालित संस्थाले ज्येष्ठ नागरिकका लागि यातायात, स्वास्थ्य, मनोरञ्जन तथा दिवा सेवा प्रदान गर्दै आएको अध्यक्ष प्रतिवेदन वैद्यले जानकारी दिनुभयो ।

हालै स्थापना भएको यस संस्थाले भविष्यमा ज्येष्ठ नागरिकको सहज जीवनयापनका लागि ‘ज्येष्ठ नागरिक भिलेज’ स्थापना गर्ने लक्ष्य राखेको उहाँले बताउनुभयो । रासस