२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… सम्पत्ति विवरण सार्वजनिक गर्नु पारदर्शिता हो, तर छानबिन विधिसंवत हुनुपर्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

राज्यले शिक्षकहरूमाथि गरेको बर्बरता काँग्रेसले सहन सक्दैनः सांसद कोईराला



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद डा. शेखर कोईरालाले सरकारले शिक्षकहरूमाथि गरेको बर्बरता काँग्रेसले सहन नसक्ने बताउनुभएको छ ।

विपी कोईराला सोसलिस्ट इन्टरनेशनल नेपालद्वारा सोमवार काठमाडौंमा आयोजित ‘विपीको समाजवाद र स्थानीय सरकार’ नामक पुस्तक लोकार्पण तथा ‘आजको सन्दर्भमा वीपीको समाजवादी चिन्तनको सार्थकता र सान्दर्भिकता’ विचार गोष्ठीमा उहाँले यस्तो बताउनुभएको हो ।

सांसद कोईरालाले आईतवार सरकारले शिक्षकहरूमाथि गरेको बर्बरता निन्दनीय मात्रै नभएर घृणित भएको बताउनु भयो । उहाँले यस्ता कार्यहरू काँग्रेसले सहन नसक्ने बताउनु भयो । उहाँले एमालेसँग सहकार्य गरेर सरकारमा रहेका कांग्रेसका मन्त्रीहरूलाई आफूले भन्नु केही नभएको बताउँदै सरकार बाहिर रहेकाहरूले गलत र कमी,कमजोरीहरूलाई औँला उठाएर भन्ने आँट गर्नुपर्ने बताउनु भयो । उहाँले कार्यकर्ताहरूलाई सरकारले गरेका गलत र कमीकमजोरीहरूलाई औँला उठाएर भन्ने आँट गर्न सुझाव दिँदै त्यसको लागि आफूले शाहस दिने जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, “शिक्षकहरूमाथि जुन बर्बरता हिजो सरकारले ग¥यो, त्यो निन्दनीय मात्रै छैन, घृणित पनि छ । यो नेपाली काँग्रेस जस्तो पार्टीले सहन सक्दैन । त्यस कारण मैले भन्ने गरेको छु, सरकारमा बस्ने हाम्रा साथीहरू जो हुनुहुन्छ, उहाँहरूले सहकार्य गरेर जानुहोस् एमालेसँग त्यसमा मलाई केही भन्नु छैन । तपाईं हामीहरू जो बाहिर छौँ, हामीले यो सरकारले गरेका गलत र कमीकमजोरीहरूलाई औँला उठाएर भन्ने आँट तपाईँहरूले गर्नुपर्छ, तपाईंहरूलाई शाहस दिन म छु ।”

उहाँले अब पार्टीको लागि मात्रै नभएर राष्ट्रका निम्ति आवाज बुलन्द गर्नुपर्नेमा जोड दिनुभयो ।