२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

महाधिवेशनबारे नेतृत्वलाई मतलव नै छैनः शेखर कोईराला



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले पार्टीको १५ औँ महाधिवेशन आगामी मंसिरमा हुनुपर्ने भएपनि कोही पदाधिकारी नबोलेको बताउनुभएको छ ।

विपी कोईराला सोसलिस्ट इन्टरनेशनल नेपालद्वारा सोमवार काठमाडौंमा आयोजित ‘वीपीको समाजवाद र स्थानीय सरकार’ नामक पुस्तक लोकार्पण तथा ‘आजको सन्दर्भमा वीपीको समाजवादी चिन्तनको सार्थकता र सान्दर्भिकता’ विचार गोष्ठीमा उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले पार्टीका भ्रातृ संस्थाहरू लथालिङ्ग भएको बताउनु भयो । उहाँले पार्टीको १५ औँ महाधिवेशन आगामी मंसिरमा हुनुपर्ने भएपनि हुन्छरहुँदैन भन्ने कोही नेतृत्व तथा पदाधिकारी नबोलेको धारणा राख्नुभयो । उहाँले यस्तो लथालिङ्ग अवस्थाले पार्टी नचल्ने समेत जिकिर गर्नुभयो । सांसद कोईरालाले जनतालाई को प्रधानमन्त्री हुने र को मन्त्री हुने भन्नेमा सरोकार नभएको समेत बताउनु भयो । उहाँले नागरिकहरूले धेरै नखोजेको बताउँदै भ्रष्टाचार नियन्त्रण गर्न आग्रह गरेको धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो, “नेपाली काँग्रेसको कुरा गरौँ, भ्रातृ संस्थाहरू लथालिङ्ग छ, महाधिवेशन २०८२ को मंसिरमा हुनुपर्ने हो । हुन्छ÷हुँदैन, कोही नेतृत्व/पदाधिकारीहरू बोल्नुहुन्न । यसरी त पार्टी पनि चल्दैन, मुलुक पनि चल्दैन । को प्रधानमन्त्री हुने, को मन्त्री हुनेसँग जनतालाई सरोकार छैन । म सडकको जनताको कुरा गर्दैछु । नागरिकले धेरै कुरा खोजेका छैनन् । उनीहरूले तिमीहरू भ्रष्टाचार रोक, भ्रष्टाचार हुन नदेऊ भनेका छन् ।”

उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक दिन भ्रष्टाचार गर्दिन र भ्रष्टाचार हुन दिन्न भने पनि भ्रष्टाचारको नियन्त्रण र अनुसन्धान गर्ने राज्यका संयन्त्रहरू कमजोर भएको बताउनु भयो ।




भर्खरै