२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

वरिष्ठ चित्रकार शाहलाई ‘वानीरा–शङ्कर पुरस्कार’ प्रदान



अ+ अ-

काठमाडौँ। वानिरा फाउन्डेसनले आज यहाँ आयोजित एक समारोहबीच वरिष्ठ चित्रकार शशिविक्रम शाहलाई रु एक लाख राशिको ‘वानीरा–शङ्कर पुरस्कार’ प्रदान गरेको छ ।

चित्रकलामार्फत नेपालको नाम विश्वभर फैलाउन योगदान पु-याएकाले उहाँलाई उक्त पुरस्कार प्रदान गरिएको फाउन्डेसनका सदस्यसचिव नरेन्द्रराज प्रसाईंले जानकारी दिनुभयो । शाह ६ दशकभन्दा बढीसमयदेखि चित्रकलामा समर्पित हुनुहुन्छ । उहाँका चित्रहरुमा विश्वका कला पारखी लोभिन्छन् ।

चित्रकार शाहले आफूले खासै केही काम गरे जस्तो महसुस नभएको तर यस्ता सम्मानले केही गरेको रहेछु भन्ने अनुभूति भएको प्रतिक्रिया दिनुभयो । उहाँले वानीरासँग आफूले गरेका सहकार्यको स्मरण गराउनुभयो ।

सोही समारोहमा रु एक लाख राशिकै ‘वानीरा प्रज्ञा पुरस्कार’ साहित्यकार रामकुमार पाँडेलाई प्रदान गरिएको छ । पाँडेका नेपालीमा ५० र अंग्रेजीमा ४० वटा कृति प्रकाशित भइसकेका छन् । उहाँले प्राप्त पुरस्कार रकम कोष बनाएर साहित्य प्रवर्द्धनका लागि लगानी गर्ने घोषाण गर्नुभयो ।

सोही समारोहमा रु ५० हजार राशिको ‘वानीरा पुरस्कार’ भने कवि तथा साहित्यकार कृष्ण बाउसेलाई प्रदान गरिएको छ । उहाँले नेपाली साहित्यमा वानीराको योगदान महत्त्वपूर्ण रहेको र उहाँको नाममा स्थापित पुरस्कार पाउँदा खुसी भएको बताउनुभयो ।

डा वानीरा गिरीका कविता, निबन्ध र उपन्यास गरेर तेह्रवटा कृति प्रकाशित छन् । उहाँका कृति विश्वका विविध भाषामा अनुवाद भएका छन् । २००१ साल वैशाख १३ गते दार्जिलिङको खरसाङमा जन्मनुभएका वानीरा गिरीको २०७८ साल जेठ ९ गते निधन भएको थियो ।

उहाँको सम्झनामा श्रीमान् शङ्कर गिरीले फाउन्डेसन बनाएर सामाजिक क्षेत्रमा योगदान पु-याउँदै आउनुभएको छ । रासस