२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्रम्पले गरे राष्ट्रिय सुरक्षा सल्लाहकार बर्खास्त



अ+ अ-

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्जलाई बर्खास्त गरेका छन् ।

यमनका हुथी बिद्रोही विरूद्ध जारी हमलाका सूचना चुहाएको आरोप खेपिरहेका वाल्जमाथि राजीनामा गर्न चर्को दबाब परिरहेको थियो । वाल्जले अमेरिकी रक्षामन्त्री समेतका बरिष्ट अधिकारीहरू रहेको एउटा च्याट ग्रुपमा एक जना अमेरिकी पत्रकारलाई पनि भुलबस समावेश गरिदिएका थिए ।

पछि ती पत्रकारले ग्रुपमा भएका वार्ताहरू दी एटलान्टिस अखबार छापिदिएका थिए ।

राष्ट्रपति ट्रम्पले कार्यभार सम्हालेको १०० दिन पुगेलगत्तै आफ्नो प्रशासनबाट बर्खास्तगीमा परेका वाल्ज पहिलो वरिष्ठ अधिकारी हुन् । वाल्जलाई ट्रम्पले युएनका लागि अमेरिकी राजदूत बनाएर पठाउने घोषणा गरेका छन् ।

पहिलो कार्यकालमा पनि ट्रम्पले आफ्नो धारणासँग मेल नखाने कैयौं उच्च अधिकारीलाई बर्खास्त गरेका थिए । यसपटक केहि स्थिर देखिएका ट्रम्पले फेरि पनि बर्खास्तको सिलसिला सुरू गर्न सक्ने आकलन सुरू भईसकेको छ ।

निकै चर्चामा रहेका डोजका प्रमुख एलन मस्कले पनि ट्रम्प प्रशासन छाड्ने संकेत गरिसकेका छन् ।




भर्खरै