२४ जेष्ठ २०८३, आईतवार
,
Latest
शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

बर्मन बुढाको निधनले मर्माहत भएँ : प्रचण्ड



अ+ अ-

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रोल्पाको थवाङ घर भएका पाका कम्युनिष्ट नेता बर्मन बुढाको निधनले आफू मर्माहत भएको बताएका छन् । उनको निधनले नेपाली मुक्तिकामी आन्दोलनले एक अभिभावक गुमाएको प्रचण्डको भनाइ छ ।

बुधबार शोक विज्ञप्ति जारी गर्दै प्रचण्डले बर्मन बुढाप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजन र आफन्तजनमा समवेदना प्रकट गरेका छन् ।

बर्मन बुढालाई ‘नेपाली मुक्तिकामी आन्दोलनका अविचलित र अथक योद्धा’ भन्दै प्रचण्डले लेखेका छन्, ‘कमरेड बुढाको विशेषगरी रोल्पाली जनताको मुक्तिकामी आन्दोलनमा ऐतिहासिक योगदान रहेको छ । सामन्तवाद विरोधी नेपाली जनताको मुक्तियुद्धमा उहाँ जहिले पनि अग्रमोर्चामा रहनुभयो ।’

बर्मन बुढाको बुधबार बिहान ललितपुरको पाटन अस्पतालमा उपचारको क्रममा ९० वर्षको उमेरमा निधन भएको छ । उनको बुधबार विहान आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले बतायो ।