२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पश्चिमबाट पूर्वतर्फ सर्दै बादल, ठाउँठाउँमा वर्षा



अ+ अ-

काठमाडौँ। नेपालको पश्चिमी भूभागबाट आज पानी पार्ने बादल विकसित भएर पूर्वतर्फ सरिरहेकाले ठाउँठाउँमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले अझै केही दिन बदली कायम रहने जानकारी गराउँदै सावधानी अपनाउन अनुरोध गर्नुभयो । आज साँझ गण्डकी प्रदेशस्थित गोरखाको हिमाली तथा पहाडी भेगबाट र दार्चुलास्थित सीमा क्षेत्रबाट सुदूरपश्चिमको हिमाली तथा पहाडी क्षेत्रको बाटो हुँदै बादल छिरिसकेको उहाँले बताउनुभयो । बादल हिँडेको बाटोमा वर्षा भइरहेको छ ।

अहिले नेपालमा स्थानीय र पश्चिमी वायु विकसित छ । अहिले पनि लुम्बिनी र गण्डकीका थोरै भूभागमा पानी परिरहेको मौसमविद् अधिकारीले जानकारी दिनुभयो । आज दिउँसो बागमती, गण्डकी, मधेश प्रदेश सुदूरपश्चिमलगायत हरेक प्रदेशका केही भागमा पानी परेको थियो भने बागमती र गण्डकीमा अलि बढी पानी परेको पनि अधिकारीले राससलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार आइतबार र सोमबार पनि बदली रहेको र आजको भन्दा केही बढी बदलीको सम्भावना रहेको छ । हल्कादेखि मध्यमसम्म वर्षा हुने भए पनि ठूलो वर्षाको सम्भावना भने कम रहेको उहाँले बताउनुभयो ।

अधिकारीले भन्नुभयो, “भोलि कोशी प्रदेशलगायत हिमाली तथा पहाडी भूभागमा वर्षाको ुम्भावना छ । अलि बढी कोशीमा पर्ने सम्भावना छ ।” वर्षा नभएका ठाउँमा पनि बदली कायम रहने भएकाले गर्मीबाट केही राहत मिल्ने मौसमविद्ले बताएका छन् । अधिकारीले आगामी साता केही सुधारिए पनि बदलीको अवस्थामा रहने बताउनुभयो । रासस