२४ जेष्ठ २०८३, आईतवार
,
Latest
काठमाडौंमा तीन नयाँ लक्जरी होटल सञ्चालनका लागि म्यारियट र सीजीबीच सम्झौता लागुऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ गाउँका विभेदकारी नाम परिवर्तन अभियानमा स्थानीय तह किमाथाङ्कामा शुक्रबारदेखि इन्टरनेट सेवा बन्द ‘आइतबारको बिदा खारेज गर्न लागिएको होइन’ ‘ददीराम सापकोटाद्वारा लिखित त्यो नेपाल’नामक पुस्तक  विमोचन युद्ध अन्त्यका लागि मध्यस्थता गर्न पाकिस्तानी अधिकारी तेहरानमा मन्त्री चौधरीद्वारा झापाको बाहुनडाँगीमा स्थलगत निरीक्षण सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपाका संस्थापक पुष्पलालको ४२ औँ स्मृति दिवस मनाईँदै



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको योगदानको स्मरणमा ४२ औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यस वर्ष कोभिड–१९ का कारणले बृहत् कार्यक्रम नगरिएको पुष्पलाल स्मृति प्रतिष्ठानका महासचिव गङ्गालाल तुलाधरले जानकारी दिए । उनका अनुसार स्मृति दिवसका अवसर प्रतिष्ठानको आयोजनामा कीर्तिपुरको चम्पादेवीमा अवस्थित पुष्पलाल स्मृति पार्कमा अनौपचारिक कार्यक्रम राखिएको छ । ‘यसपटक हामीले कोभिड–१९ का कारणले ठूलो कार्यक्रम गर्न असमर्थ भयौँ’, उनले भने, ‘तैपनि प्रतिष्ठानकै आयोजनामा स्मृति पार्कमा रहेको सालिकमा श्रद्धाञ्जलीसभाको कार्यक्रम भने राखेका छौँ ।’

उक्त कार्यक्रममा पुष्पलालको सालिकमा माल्यापर्ण र प्रतिष्ठानका अध्यक्ष एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले सभामा मन्तव्य राख्ने छन् । नेपालमा कम्युनिस्ट पार्टीमार्फत जनताका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यसाथ नेकपा स्थापना गरेका श्रेष्ठको २०३५ साल साउन ७ गते भारतको नयाँदिल्लीस्थित गोविन्दबल्लभ पन्त अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । नेपाली क्रान्तिका सिद्धान्तकारका रूपमा परिचित पुष्पलालले आफ्नो जीवनभर जनताको स्वतन्त्रताका लागि संघर्ष गरेका थिए । पिता भक्तलाल र माता तुलसीमाया श्रेष्ठका माइला सुपुत्रका रूपमा रामेछापको भङ्गेरीमा विसं १९८१ असार १५ मा उनको जन्म भएको थियो ।

पिता भक्तलाल रामेछापमा मालका सुब्बा थिए, पछि छोराका कारणले बुबाको जागिर खोसिएको थियो । आफ्नो जीवनभर सङ्गठन विस्तारमा लागेका उनले विश्व कम्युनिस्ट घोषणापत्रलाई २००५ सालमा नेपालीमा अनुवाद गरी प्रकाशन गरे । नेपाल समाचरपत्र दैनिक