२३ जेष्ठ २०८३, शनिबार
,
Latest
हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ चित्रकलामा मध्यपुरका सम्पदा परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा एमाले धनुषा अधिवेशन झडपपछि स्थगित



अ+ अ-

काठमाडौँ। नेकपा एमाले धनुषाको आठौँ जिल्ला अधिवेशन झडपका कारण बुधबारसम्मका लागि स्थगित गरिएको छ।

अधिवेशनस्थलमै अध्यक्ष पदका दुई उम्मेदवार भोला यादव र लक्ष्मीनारायण यादव पक्षबीच विवाद भई झडप हुँदा पाँच जना नेता कार्यकर्ता घाइते भएका छन्। घाइतेमध्ये सत्यनारायण महासेठ र महेश दासको टाउकोमा चोट लागेको छ। वर्तमान जिल्ला अध्यक्ष राजकिशोर यादवमाथि पनि हातपात भएको जनाइएको छ।

भोला यादवलाई केन्द्रीय सचिव रघुवीर महासेठको समर्थन छ भने लक्ष्मीनारायण यादवलाई केन्द्रीय सदस्य उमाशंकर अरगरियाको साथ रहेको छ। दुवै शीर्ष नेताबीच लामो समयदेखि राजनीतिक तिक्तता रहेको बताइएको छ।

उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने विषयलाई लिएर सुरु भएको विवाद कुर्सी हानाहान र कुटाकुटसम्म पुगेको थियो। लक्ष्मीनारायण समूहले सचिव महासेठमाथि अधिवेशन प्रक्रियामा एकलौटी गरेको आरोप लगाउँदै धर्ना समेत दिएका थिए।

गत वैशाख २० गतेदेखि सुरू भएको अधिवेशनमा सहमतिको प्रयास असफल भएपछि निर्वाचन प्रक्रियातर्फ जान लागिएको थियो। तर, विवादका कारण मतदान प्रक्रिया अगाडि बढ्न सकेको छैन।