२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आभा शाह वर्षकै उत्कृष्ट महिला उद्यमी घोषित



अ+ अ-

काठमाडौँ।  सिल्बर माउन्टेन स्कुल अफ होटेल म्यानेजमेन्टकी सञ्चालक आभा शाह यस वर्षको उत्कृष्ट महिला उद्यमी घोषित हुनुभएको छ । न्यु विजिनेस एजद्वारा आज राजधानीमा आयोजित पाँचौँ ‘न्यु विजनेश एज समिट एण्ड अवार्डस्–२०२५’ मा उहाँलाई उक्त अवार्ड प्रदान गरिएको हो ।

छनोटअनुसार यस वर्ष सुदूरपश्चिम प्रदेशबाट चप्पल उद्यमी इन्दिरा  रेग्मी, कर्णाली प्रदेशबाट ‘कर्लाणी एग्रो उद्योग’की कलशा देवी चौलागाईं, लुम्बिनी प्रदेशबाट ‘प्रेमनिशा अल्लो धागो उद्योग’की प्रेमकुमारी पुन, गण्डकी प्रदेशबाट ‘रक्षा चापागाईं स्टोर’की रजनी शर्मा चपाईं, बागमती प्रदेशबाट नुवाकोटको ‘अमात्य स्टोर’की गीता अमात्य, मधेस प्रदेशबाट पर्साको ‘मध्य नेपाल प्रेस’की कविता खड्का, साथै कोशी प्रदेशबाट ‘ग्रीन सिटी इलाम ललीपप उद्योग’की दीपा गुरुङले उत्कृष्ट महिला उद्यमीको पुरस्कार प्राप्त गर्नुभएको छ ।

यो अवार्ड उद्यमशीलतामा सक्रिय महिला उद्यमीलाई प्रोत्साहन गर्न सन् २०२१ देखि विभिन्न छ विधामा प्रदान गरिँदै आएको छ । यस वर्षको प्रविधि महिलातर्फको अवार्ड ‘जनरल टेक्नोलोजी प्राली’की सुनयना पाण्डेले प्राप्त गर्नुभएको छ ।

त्यसैगरी व्यवसायी महिलातर्फको अवार्ड ‘सिद्धार्थ आर्ट ग्यालरी’की सङ्गीता थापाले र युवा महिला व्यवसायी विधामा एबी एग्रो कि केश्मा थापाले, प्रेरणादायी महिला उद्यमीतर्फ ‘युनिक सेवा गार्मेन्टस्’की गङ्गा छन्त्यालले अवार्ड प्राप्त गर्नुभएको छ ।

नमुना सिलाइ’की संस्थापक ज्ञानी शोभा तुलाधरले  महिला उद्यमतर्फ लाइफ टाइम अचिभमेन्ट अवार्ड प्राप्त गर्नुभयो । आयोजक संस्थाका अनुसार विभिन्न मापदण्डका आधारमा देशभर सक्रिय दुई हजार बढी महिला उद्यमीमध्येबाट पाँच सदस्यीय निर्णायक मण्डलमार्फत उत्कृष्ट महिला उद्यमी छानिएका हुन् ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडाले कानुन बनाएर मात्र महिला र पुरुषबीच समानता नहुने बताउनुभयो । व्यावसायिक क्षेत्रमा लैङ्गिक समानता प्राप्त गर्नमा बाधा रहेको उहाँको भनाइ छ । उद्योग वाणिज्य तथा आपूर्ति सचिव कृष्णबहादुर राउतले उद्यममा महिला सहभागिता बढाउन तीन तहकै सरकारमार्फत महिला मैत्री नीति तथा व्यवस्थापन गर्न थालिएको बताउनुभयो ।

कार्यक्रममा महिला उद्यमका समग्र अवस्था, चुनौती र भविष्यका विषयमा छलफल गरिएको थियो ।