१८ असार २०८३, बिहीबार
,
Latest
रूपन्देहीमा फलफूल तथा बहुउपयोगी बिरुवा वितरण अभियान सुरु नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ चितवनमा दुई लाखभन्दा बढी बाख्रालाई पिपीआर खोप सहकारी विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित अन्तरप्रदेश सार्वजनिक यातायातको भाडा २ प्रतिशत घट्यो, आजदेखि लागू दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ सरकारको दाबी : फिफाको एन्फा निलम्बन अहिलेको हस्तक्षेपका कारण मात्रै होइन जनताको करबाट सहकारी बचत फिर्ता गर्न नहुने : सांसद पार्वती विक कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान मन्त्रालयमा सल्लाहकार नियुक्तिबारे सरकारः पाँचमध्ये एक जना मात्र वैतनिक सल्लाहकार हुन्
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओली र दाहालमा नेतृत्व क्षमताको अभाव देखियोः बेदुराम भुसाल



अ+ अ-

काठमाडौँ — अचानक भित्रिएको ‘अर्ली महाधिवेशन’को प्रस्तावले नेकपाको आन्तरिक राजनीतिमा फेरि तरंग ल्याएको छ । ‘अर्ली महाधिवेशन’को प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रस्ताव अर्का अध्यक्ष पुष्पकमल दाहाललेसमेत स्वीकारेको विषयपछि शनिबार यो मुद्दा तात्यो नै ।

तर, आइतबार दिनभर दाहालले यस्तो प्रस्तावमा आफ्नो समर्थन नरहेको प्रष्टीकरण दिएका छन् । यही विवादले थप दुई दिन स्थायी कमिटी बैठक स्थगित भएको छ । ‘अर्ली महाधिवेशन’ कति सम्भव, यसमा दाहालको भूमिका के र स्थायी कमिटी बैठकमा यो विषयमा के छलफल हुन्छ ? यिनै विषयमा नेकपा स्थायी कमिटी सदस्य बेदुराम भुसालसँगकाे कुराकानीः

दुई दिनका लागि स्थायी कमिटी बैठक स्थगित भयो । के छ तपाईंको प्रतिक्रिया ?

बैठक बोलाएर टुंगाउन नसक्ने जुन स्थिति देखियो, यो दुई अध्यक्षको क्षमताको अभाव हो । दुई अध्यक्ष बस्ने सल्लाह गर्ने र बैठक स्थगित गर्दै आउनु भएको छ । यसको मतलब बैठकमा आफ्ना कुराहरु राखेर, कन्भिन्स गरेर नेतृत्व गर्ने क्षमता दुई अध्यक्ष कमजोर देखियो ।

अचानक अर्ली महाधिवेशनको चर्चा आयो, यसले बैठक प्रभावित भएको हो कि ?

त्यो होला । महाधिवेशनजस्तो कुरामा दुई अध्यक्षमात्रै बसेर सल्लाह गर्ने विषय हो र रु महाधिवेशनमा जाने परिस्थिति छ कि छैन भन्ने बुझ्न केन्द्रीय कमिटी बैठक राखेर तलको रिपोर्टिङ लिएपछि मात्रै निष्कर्ष निकाल्ने हो । अहिलेसम्म पार्टी एकताको काम टुंगिएको छैन । केन्द्रीय तहकोसमेत टुंगिएको छैन, स्थानीय तहको कुरै नगरौं । पार्टी सदस्यता नवीकरण भएकै छैन । पार्टी सदस्य कति हुन् भन्ने थाहा छैन । यस्तोमा दुई अध्यक्ष बसेर लौ ुअर्ली महाधिवेशनु भनेर हुन्छ रु यो त सरासर उहाँहरुको कमजोर क्षमताको एउटा उदाहरण हो ।

यसको मतलब मंसीरमा महाधिवेशन संभव छैन ?

महाधिवेशन भनेपछि कमसेकम पार्टी सदस्यहरुको प्रतिनिधित्व हुन्छ । त्यो गर्नका लागि त पहिला हाम्रा पार्टी सदस्य कति हुन् भन्ने चाहियो । पार्टी एकता गरेको दुई बर्ष दुई महिना भईसक्यो । दुई बर्षसम्म भएका संरचनालाई मिलाउन नसक्ने नेतृत्वले पाँच महिनामा महाधिवेशन गर्छ भनेर कसरी पत्याउनु रु यो हुने कुरै हैन । अहिले उठेका विषयहरुलाई टार्ने उद्देश्यले मात्रै आएका हुन् ।

बिहान तपाईंलगायतका नेताहरु खुलमटार जानुभएको थियो, अध्यक्ष पुष्पकमल दाहालले के भन्नुभयो ?

उहाँले महाधिवेशनको प्रस्तावमा मेरो सहमति होइन भन्नुभयो । त्यहाँ सचिवालयका नेताहरु पनि हुनुहुन्थ्यो । उहाँहरुले ुहिजो सचिवालय बैठकमा मेरो सहमति छैन भन्न सक्नु भएन रु किन भन्नु भएन त रु त्यो भन्नु भएको भए परिस्थिति अर्कै हुन्थ्योु भनेर भन्नुभयो । यो उहाँको प्रस्ताव हो मेरो हैन मात्रै भए पनि भनेको भए हुन्थ्यो, त्यो पनि भन्नु भएन । तपाईं पनि सहमत हो भन्ने बुझ्यौं हामीले भन्ने सचिवालयका नेताहरुको भनाई थियो ।

तपाईंहरु स्थायी कमिटीका नेताहरुले के कुरा राख्नु भयो त अध्यक्षसँग ?

हामीले तपाईंको कुरा के हो भनेर भन्यौं । तपाईं पाँच महिनामा महाधिवेशन गर्न सकिन्छ भन्नेमा पुग्नु भएको हो रु यो अवस्थामा तपाईंहरु कसरी महाधिवेशन गर्न सक्नु हुन्छ रु के हो कुरा रु भनेर सोध्यौं । उहाँले म सहमत हैन, छलफल गर्ने भए गरौंमात्र भनेको हुँ भन्नुभयो । अरु साथीहरुले त्यसमा पनि कुरा उठाउनु भयो । छलफल गर्ने भए गरौं, यो छलफलका लागि हो भनेर त्यहाँ भनेको भए बुझाई अर्कै हुन्थ्यो भनेर सचिवालयका अरु नेताहरुले भन्नु भयो । केहीबेर स्पष्टीकरणजस्तो भयो । (कान्तिपुर दैनिक)