२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्सनललाई हराउँदै पिएसजी च्याम्पियन्स लिगको फाइनलमा



अ+ अ-

काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी) च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।

भर्खरै सम्पन्न सेमिफाइनलको दोस्रो लेगमा ईंग्लिश क्लब आर्सनललाई २–१ गोलले हराउँदै समग्रमा ३–१ को नतिजासहित पिएसजीले फाइनलमा स्थान बनाएको हो । पिएसजी च्याम्पियन्स लिग इतिहासमै दोस्रोपटक फाइनलमा पुगेको हो ।

तेस्रो मिनेटमा आर्सनलका डेक्लान राइसले प्रहार गरेको बल थोरै बाहिर गयो । उनले हेडिङबाट प्रहार गरेको बल गोल हुनबाट अलिकति मात्रै पर थियो ।

चौथो मिनेटमा आर्सनलकै गाब्रीयल मार्टिनेलीको प्रहारलाई पिएसजीका गोलकिपर डोनारुम्माले उत्कृष्ट बचाउ गरे । आठौं मिनेटमा मार्टिन ओडेगार्डले डि-बक्स बाहिरबाट प्रहार गरेको बललाई पुनः डोनारुम्माले विफल पारे ।

१७ औं मिनेटमा पिएसजीका ख्भिचा कार्भस्केलियाले प्रहार गरेको बल आर्सनलको गोल पोस्टमा लागेर बाहिरियो । २२ औं मिनेटमा पिएसजीका डिजाइर डोएले प्रहार गरेको बल आर्सनलका गोलकिपर डेभिड रायाले सजिलै नियन्त्रणमा लिए ।

२७ औं मिनेटमा पिएसजीले अग्रता लियो ।फाबियन रुइजले उत्कृष्ट गोल गर्दै घरेलु टोलिलाई अग्रता दिलाए । आर्सनलका थोमस पार्टेले क्लियर गरेको बललाई रुइजले चेस्टले नियन्त्रणमा लिँदै सशक्त प्रहार गरेको बलले जाली चुम्यो ।

३० औं मिनेटमा पुनः पिएसजीले अग्रता दोब्बर पार्ने अवसर गुमायो । काउन्टरमा लगेको बलबाट पाएको मौकामा ब्राड्ली बार्कोलीको प्रहारलाई रायाले बचाउ गरे ।

६३ औं मिनेटमा आर्सनलका बुकायो साकाको प्रहारलाई डोनारुम्माले विफल पारे । देब्रे खुट्टाले प्रहार गरेको साकाको बललाई थोरै मात्रै भेटेका डोनारुम्माले पन्च गर्दै बाहिर पठाए ।

६६ औं मिनेटमा पिएसजीले पेनाल्टी पायो । लुइस स्केलीको ह्यान्ड बलमा भिएआरले पिएसजीलाई पेनाल्टी दिलायो । तर, आर्सनलका गोलकिपर डेभिड रायाले बचाउ गरे । पिएसजीका भिटिन्हा पेनाल्टीमा गोल गर्न चुके ।

७२ औं मिनेटमा पिएसजीले अग्रता दोब्बर पार्यो । अच्रफ हाकिमिले गोल गर्दै पिएसजीलाई अग्रता दिलाएका हुन् । ७६ औं मिनेटमा बुकायो साकाले गोल गर्दै आर्सनललाई १–२ को अवस्थामा ल्याए । ८० औं मिनेटमा आर्सनलले गोल गर्ने अवसर गुमायो ।

साकाले डि–बक्सभित्र पाएको सुनौलो मौका आकाशिन पुग्यो । खाली पोस्टमा साकाले सन्तुलन गुमाए । एग्रीगेटमा दुई गोलले पछि परेको आर्सनललाई उक्त गोलले केही राहत मिल्ने थियो ।

अब पिएसजीले उपाधिका लागि इन्टर मिलानसँग प्रतिस्पर्धा गर्नेछ । इन्टरले बार्सिलोनालाई हराउँदै फाइनलमा स्थानमा सुरक्षित गरिसकेको छ । फाइनल खेल १ जुनमा जर्मनको म्युनिखमा हुनेछ ।