२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

गत वर्ष अफगानिस्तानद्वारा १५ मिलियन डलर बढीको कार्पेट निर्यात



अ+ अ-

काठमाडौँ । अफगानिस्तानले गत वर्ष १५ मिलियन अमेरिकी डलरभन्दा बढीको कार्पेट निर्यात गरेको छ ।

उद्योग तथा वाणिज्य मन्त्रालयका प्रवक्ता अखुन्दजादा अब्दुल सलाम जवादले यस्तो जानकारी दिनुभएको हो ।

अफगानिस्तानले १४०३ (फारसी क्यालेन्डरमा) मा १५.२ मिलियन अमेरिकी डलर मूल्यको ३ हजार ६ सय ३२ टन कार्पेट धेरै देशहरूमा निर्यात गरेको सरकारी स्वामित्वको रेडियो र टेलिभिजन अफ अफगानिस्तान (आरटीए) ले मंगलबार जवादलाई उद्धृत गर्दै भनेको छ । अधिकारीकाअनुसार अफगानिस्तान–निर्मित कार्पेटहरू देशको मुख्य निर्यात वस्तु हुन् । पाकिस्तान, इरान, भारत, जर्मनी, क्यानडा, नेदरल्याण्ड्स, साउदी अरेबिया र धेरै अन्य देशहरूमा निर्यात गरिएको छ ।

हातले बुनेको अफगान कार्पेट विश्वव्यापी रूपमा लोकप्रिय छ । कार्पेट बुनाई कला एक प्रमुख परम्परागत उद्योगको रूपमा युद्धग्रस्त अफगानिस्तानमा १२ लाख भन्दा बढी मानिसहरू प्रायः महिलाहरूलाई रोजगारीका अवसरहरू प्रदान गरेको बताइएको छ ।