२४ जेष्ठ २०८३, आईतवार
,
Latest
काठमाडौंमा तीन नयाँ लक्जरी होटल सञ्चालनका लागि म्यारियट र सीजीबीच सम्झौता लागुऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ गाउँका विभेदकारी नाम परिवर्तन अभियानमा स्थानीय तह किमाथाङ्कामा शुक्रबारदेखि इन्टरनेट सेवा बन्द ‘आइतबारको बिदा खारेज गर्न लागिएको होइन’ ‘ददीराम सापकोटाद्वारा लिखित त्यो नेपाल’नामक पुस्तक  विमोचन युद्ध अन्त्यका लागि मध्यस्थता गर्न पाकिस्तानी अधिकारी तेहरानमा मन्त्री चौधरीद्वारा झापाको बाहुनडाँगीमा स्थलगत निरीक्षण सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता
तपाईं के खोज्दै हुनुहुन्छ ?

मास्क लगाउन बाध्य बनाउन सक्तिन: ट्रम्प



अ+ अ-

वासिंगटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफुले कोरानो भाइरस फैलिनबाट रोक्न मास्क लगाउन अमेरिकी जनतालाई आदेश दिन नसकिने प्रतिवद्धता जनाएका छन् । अमेरिकाका वरिष्ठ संक्रामक रोग विशेषज्ञ डा. एन्थोनी फसीले सम्पूर्ण अमेरिकी जनतालाई मास्क लगाउन सकेसम्म बाध्यकारी बनाउन राज्य तथा स्थानिय नेताहरुलाई आब्हान गरेको लगत्तै ट्रम्पको यो प्रतिक्रिया सार्वजनिक भएको हो । डा. फसीले मास्क लगाउनु साँच्चिकै निकै महत्वपूर्ण भएकाले सबैले यसलाई अवलम्वन गर्नुपर्ने बताएका छन् । अमेरिकामा मास्क लगाउने विषय माथि निकै राजनीति भइरहेको राजनीतिक विश्लेषकहरको भनाइृ रहेको छ ।

अमेरिकाका अधिकांश राज्य गवर्नरहरुले मास्क लगाउनु वैयत्तिक छनौट मात्र नभई कानुनी रपमा यसलाई अनिवार्य गरिनुपर्ने आवाज उठाइरहेका छन् । शुरुमा मास्क प्रयोगको विरोधमा देखिएका अलावामाका रिपब्लिकन गवर्नर काय इभि पनि अहिले मास्ककै पक्षमा उभिएका छन् । विगतमा मास्क लगाउँदिन भन्दै अडान लिँदै आएका ट्रम्प पनि गत शनिवार पहिलो पटक मास्क लगाएर सार्वजनिक भएका थिए । तर शुक्रवार फोक्स न्युजका लागि बोल्ने क्रममा ट्रम्पले मानिसहरुसंग निश्चित स्वतन्त्रता हुनुपर्ने भन्दै आफुले देशव्यापि रुपमा मास्क अनिवार्य गरिनुपर्ने नियम ल्याउन नसक्ने बताएका हुन् ।

यसै साताको शुरुमा अमेरिकी जनस्वास्थ निकाय रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसि) का निर्देशक डा. रोवर्ट आर रेडफिल्डले भाइरस रोकने र फैलिन नदिन कपडाको मास्क एक मात्र शक्तिशाली हतियार भएको विचार प्रकट गरेका थिए । त्यसैगरी संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेर्रेसले विश्वका शक्ति राष्ट्रहरु विश्वव्यापि कोरोना महामारी विरुद्ध सहकार्य गर्न असफल रहेको भनी आलोचना गरेका छन् । नेपाल समाचारपत्र दैनिक