१८ असार २०८३, बिहीबार
,
Latest
सरकारको दाबी : फिफाको एन्फा निलम्बन अहिलेको हस्तक्षेपका कारण मात्रै होइन जनताको करबाट सहकारी बचत फिर्ता गर्न नहुने : सांसद पार्वती विक कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान मन्त्रालयमा सल्लाहकार नियुक्तिबारे सरकारः पाँचमध्ये एक जना मात्र वैतनिक सल्लाहकार हुन् ट्राफिक नियमको पूर्णपालना गर्न मुख्यमन्त्री शाहको आग्रह पीडित बचतकर्ताको हित हुनेगरी सहकारी विधेयक अगाडि बढाइयोस्ः पद्मा अर्याल यी हुन् आज बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू शिक्षा नियमावलीको १०औँ संशोधन स्वीकृत प्रतिपक्षको अवरोधका कारण मधेस प्रदेशसभाको बैठक स्थगित कोशी प्रदेशसभाको बैठक लगातार तीन दिन स्थगन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा विवाद सहमति उन्मुख : मंसिरमा महाधिवेशन हुने, ओली नउठ्ने



अ+ अ-

काठमाडौ । नेकपा सचिवालयमा मंसीरमा एकताको महाधिबेशन गर्ने बारेमा छलफल र लगभग सहमति भएको छ । नेकपा स्रोतले यसै विषयमा सहमति भएको बतायो । त्यसपछि अहिले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न दुई जना अध्यक्ष शीतल निबासमा पुगेका छन् ।  

शक्ति संर्घषका कारण गम्भिर अन्तरकलहमा फसेको नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक महाधिबेशन केन्द्रित हुन थालेको छ । आजको सचिवालय बैठकमा दुई दुई अध्यक्ष केपी शार्म ओली र पुष्पकममल दहाल ले सयुक्त रुपमा नै आमागी मंसिरमा एकताको महाधिेबशन गर्ने प्रस्ताव गरेपछि बैठक महाधिबेशनको कार्यबिधी लगायत बिषयमा केद्रित भएका हो । 

हाल देखिएका कतिपय समस्याहरु महाधिेबशन बाट टुङ्गो लाग्ने अबस्था रहेका कारण शीर्ष तह बिवादलाई थाती राख्दै महाधिबेशनमा केन्द्रित भएको श्रोतले जनाएको छ । महाधिेबशनको तयारीसँगै मन्त्रिमण्डल पूर्नगठन ,केही प्रदेशका मुख्यमन्त्री परिबर्तन तथा प्रधानमन्त्रीको सचिवालय मा हेरफेर तथा पार्टी र सरकार बीच देखिएको असहज परिस्थितीलाई सहजीकरण  गरी अघि बढ्ने बारेमा पनि छलफल भएको जनाईएको छ । 

साथै यसअघि प्रधानमन्त्री तथा अध्यक्ष ओलीले आफु आगामी महाधिबेशनका उम्मेदबार नहुने सन्देश समेत शिर्षनेताहरुलाई दिईसक्नु भएको छ ।  महाधिबेशनबाट नेतृत्व परिबर्तन हुदा बिधिसम्मत हुने र बाह्य शक्तिको दबावका कारण राजनीतिक नेतृत्व परिबर्तन भएको भन्ने गलत सन्देश पनि नजाने हुदा बिकल्पका रुपयमा महाधिबेशनको बिषय छलफल  आएको हो । 

साढे चार घण्टा चलेको बैठक पछि प्रधानमन्त्री केपी शर्मा ओली  र अर्का अध्यक्ष पुष्पकमल दहाल राष्ट्रपतिलाई भेट्न शीतलनिवास जानु भएको छ । अर्को सूचना जारी नहुदासम्म स्थायी समितिको बैठक आईतबार तीन बजेका लागि आब्हान गरिएको छ ।