२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्यक्ष नेपाल अस्पताल भर्ना, कस्तो छ अहिले स्वास्थ्य ?



file
अ+ अ-

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन् ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उनी उपचारका लागि भर्ना भएका हुन् ।

उनको निजि सचिवालयका अनुसार बिहिबार नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल गएकामा मुटुको एञ्जीओग्राम परीक्षण गर्दा रक्तनलीमा देखिएको अवरोध खुलाउन एञ्जीओप्लाष्टी गर्नुपर्ने चिकित्सकहरुको सुझाव अनुरुप हिजो नै उनको एञ्जीओप्लाष्टी गरिएको थियो ।

सेन्टरका कार्यकारी निर्देशक तथा इन्टरभेन्सन कार्डियोलोजिष्ट प्रा.डा. रत्नमणी गजुरेलको नेतृत्वमा रहेको चिकित्सकहरुको टोलीले गरेको उक्त उपचार पश्चात अध्यक्ष नेपालले पूर्ण स्वास्थ्यलाभ लिँदै रहेको सचिवालयले जनाएको छ ।

पूर्ण स्वास्थ्यलाभ पश्चात उनी छिट्टै नियमित काममा फर्किने पनि सचिवालयले जानकारी गराएको छ ।




भर्खरै