१८ असार २०८३, बिहीबार
,
Latest
जनताको करबाट सहकारी बचत फिर्ता गर्न नहुने : सांसद पार्वती विक कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान मन्त्रालयमा सल्लाहकार नियुक्तिबारे सरकारः पाँचमध्ये एक जना मात्र वैतनिक सल्लाहकार हुन् ट्राफिक नियमको पूर्णपालना गर्न मुख्यमन्त्री शाहको आग्रह पीडित बचतकर्ताको हित हुनेगरी सहकारी विधेयक अगाडि बढाइयोस्ः पद्मा अर्याल यी हुन् आज बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू शिक्षा नियमावलीको १०औँ संशोधन स्वीकृत प्रतिपक्षको अवरोधका कारण मधेस प्रदेशसभाको बैठक स्थगित कोशी प्रदेशसभाको बैठक लगातार तीन दिन स्थगन श्रममन्त्री यादव भन्छन्ः ढुक्क हुनुस्, हामी देश यसैपालि बनाउँछौँ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल टेलिकममा बाह्य हस्तक्षेप बढेकाे भन्दै कर्मचारीकाे आक्राेश



अ+ अ-

काठमाडाैंः बाह्य हस्तक्षेप र व्यवस्थापनको ढिलासुस्तीका कारण नेपाल टेलिकम गम्भिर मोडमा पुगेको भन्दै कर्मचारीहरु आन्दोलित भएका छन् ।

कूल सेयरमध्ये ९२ प्रतिशत नेपाल सरकार र ८ प्रतिशत कर्मचारी तथा सर्वसाधारणको सेयर रहेको टेलिकममा बाह्य हस्तक्षेप र आन्तरिक ढिलासुस्तीका कारण समस्या उत्पन्न हुन थालेको कर्मचारीहरुको भनाई छ ।

समयाअनुसार सेवा विस्तार नभएको, गुणस्तर सुधारमा ध्यान नदिएको र व्यवसायिक क्षमता अभिवृद्धि तर्फ समेत ध्यान नदिँदा कम्पनीमा नकारात्मक संकेत देखिन थालेको नेपाल दुरसञ्चार राष्ट्रिय कर्मचारी संगठनका महासचिव तेजबहादुर शाहीले बताउनुभयो । पछिल्लो समय राजस्व घटेको, कर्मचारीको वृत्तिविकासमा संकुचनको अवस्था आएको र सरकारले मोबाइल सेवको नविकरणमा विभेद गरेको उहाँले बताउनुभयो ।

२०७६ साल माघमा नै फाेरजी सेवाको काम सक्नुपर्ने भएपनि अहिलेसम्म ६० प्रतिशत मात्रै भएको, एफटिटिएच सेवाको २ लाख १९ हजार लाइन वितरण गर्ने लक्ष्य भएपनि अहिलेसम्म ५० हजार मात्रै वितरण भएको, ठूलो रकम खर्च गरी भित्र्याएको इन्टरनेशनल ब्याण्डविथ तथा लिज लाइन पादरर्शी नबनाई निजी सेवा प्रदायकलाई पोस्ने माध्यम बनाइएको भन्दै ट्रेड युनियनमा आवद्ध कर्मचारीहरु संयुक्त संघर्ष समिति बनाएर आन्दोलित भएका हुन् ।

नवीकरण दस्तुर वैज्ञानिक बनाउनुपर्ने, संस्थाको आन्तरिक सवलीकरणका लागि कम्पनी पुनर्सरचना गर्नुपर्ने र वृत्ति विकासको अवशर रहने गारी लागु गर्नुपर्ने माग उनीहरुको छ ।