२३ जेष्ठ २०८३, शनिबार
,
Latest
देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यमन्त्री शाहद्वारा सुरक्षा निकायका प्रमुखसँग छलफल



अ+ अ-

कैलाली। सुुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुरक्षा निकायका प्रमुखहरूसँग प्रदेशको समग्र शान्ति सुरक्षाको अवस्थालगायत विविध विषयमा छलफल गर्नुभएको छ ।

आज धनगढीस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रदेशको शान्ति सुरक्षासम्बन्धी समसमायिक विषयमा छलफल गर्नुभएको हो । छलफलमा लागुऔषध नियन्त्रण, सीमामा हुने आपराधिक क्रियाकलाप नियन्त्रण र सीमा क्षेत्रमा सहज आवागमनका विषयमा छलफल भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

आपराधिक क्रियाकलाप नियन्त्रण गर्न र चोरीका घटना वृद्धि भएको अवस्थामा सीमामा निगरानी कडाइ गरिएको सुरक्षा निकायले छलफलमा जानकारी गराएका छन् । लागुऔषध प्रयोगकर्ताभन्दा व्यापारीलाई समात्न सुरक्षा प्रभावकारिता बढाइएको सुरक्षा निकायका प्रमुखले बताएका छन् ।

छलफलमा प्रदेश सरकारका मन्त्री, सचिव, प्रमुख जिल्ला अधिकारी सुरक्षा निकायमा प्रमुख तथा प्रतिनिधिलगायत सहभागिता थिए । रासस