१८ असार २०८३, बिहीबार
,
Latest
जनताको करबाट सहकारी बचत फिर्ता गर्न नहुने : सांसद पार्वती विक कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान मन्त्रालयमा सल्लाहकार नियुक्तिबारे सरकारः पाँचमध्ये एक जना मात्र वैतनिक सल्लाहकार हुन् ट्राफिक नियमको पूर्णपालना गर्न मुख्यमन्त्री शाहको आग्रह पीडित बचतकर्ताको हित हुनेगरी सहकारी विधेयक अगाडि बढाइयोस्ः पद्मा अर्याल यी हुन् आज बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू शिक्षा नियमावलीको १०औँ संशोधन स्वीकृत प्रतिपक्षको अवरोधका कारण मधेस प्रदेशसभाको बैठक स्थगित कोशी प्रदेशसभाको बैठक लगातार तीन दिन स्थगन श्रममन्त्री यादव भन्छन्ः ढुक्क हुनुस्, हामी देश यसैपालि बनाउँछौँ
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा कोरोना भाइरस संक्रमितको संख्या १० लाख नाघ्यो



अ+ अ-

नयाँ दिल्ली । भारतमा कोरोना भाइरस संक्रमितको संख्या १० लाख नाघेको छ ।  एकैदिनमा कोरोनाभाइरसबाट संक्रमित भएकाको संख्या ३४ हजार ९५६ पुगेको छ । यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै भएको अधिकारीले शुक्रबार जानकारी दिएका छन् । 

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा पछिल्लो २४ घण्टामा ३४ हजार ९५६ संक्रमित भएको जनाएको छ । मन्त्रालयका अनुसार योसँगै भारतमा कुल संक्रमितको संख्या १० लाख ३ हजार ८७६ पुगेको  छ ।

त्यसैगरी भारतमा गत २४ घण्टामा कोरोनाका कारण ६८७ जनाको मृत्यु भएपछि कोभिड १९ बाट मृत्यु हुनेका संख्या २५ हजार ६०२ पुगेको छ । भारतमा अहिले पनि संक्रमित अवस्थामै रहेकाहरुको संख्या ३ लाख ४२ हजार ४७३ रहेको छ भने  ६ लाख ३५ हजार ७५७ जना संक्रमणमुक्त भइसकेका छन् ।  

भारतमा महाराष्ट्र राज्य अत्यन्त प्रभावित भएको छ । यहाँ संक्रमितको संख्या २ लाख ८४ हजार २८१ पुगेको छ । तीमध्ये  ११ हजार १९४ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी कोरोनाबाट दोस्रो धेरै प्रभावित भएको तमिलनाडु राज्यमा १ लाख  ५६ हजार ३६९ संक्रमित हुँदा  २ हजार  २३६ जनाको मृत्यु भएको छ ।

केन्द्रीय राजधानी समेत रहेको दिल्ली राज्यमा पनि १ लाख १८ हजार ६४५ जना संक्रमित भएका छन् भने ३ हजार ५४५ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।