२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

हावाहुरीले केराखेतीमा ५१ लाखको क्षति



file photo
अ+ अ-

बनियानी । झापाको बाह्रदशी गाउँपालिकामा वर्षासँगै आएको हावाहुरीले केराखेतीमा लाखौँको क्षति भएको छ । आइतबार साँझ वर्षासँगै आएको हावाहुरीले बाह्रदशी–७ स्थित बत्तीसबिघेमा स्थानीयवासीले ३० बिघामा लगाएको केराखेती पूर्ण रुपमा नष्ट हुँदा करिब रु ५१ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।

हावाहुरीले बाह्रदशी–७ का १५ घरपरिवारले लगाएको केराको बोट ढलेको छ । इलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट प्रहरी नायब निरीक्षक बलबहादुर राईको नेतृत्वमा खटिएको प्रहरी टोलीले आज स्थलगत अनुमगन गरी क्षतिको विवरण सङ्कलन गरेको प्रवक्ता खड्काले बताउनुभयो ।

हावाहुरीले झापा मेचीनगर नगरपालिका–१५ गाइनाबारीस्थित मेचीनगर–१० धुलाबारीका कपिल क्षेत्रीलगायतले सामूहिक रुपमा सञ्चालन गरेको कामक्ष इण्डष्ट्रिज प्राइभेट लिमिटेड (प्लाई उद्योग) मा पानीसँगै आएको हावाहुरीले पिलिङ भवनको पश्चिम साइडको ट्रस, जस्ताले बनेको छाना उडाएको, सिसीटीभी क्यामेरा फुटाई करिब दुई लाख २० हजार बराबरको क्षति भएको छ ।

त्यस्तै, वर्षासँगै आएको हावाहुरीले दमक नगरपालिका–८ का ५५ वर्षीय दुर्गा प्रसार्इंले सञ्चालन गरेको दुर्गा काटा गल्ला भण्डारमा (फापर, धान, मकै) स्टोर गरेको हलको ३५ वटा जस्तापाता पूर्ण रुपमा उडाएको र छानाको भागमा रहेको फलामको पाइपहरु समेत बाङ्गिएर क्षति भएको छ । उक्त स्टोर हलको भित्र रहेको ५५–६० बोरा फापर पानीले भिजेको छभने करिब एक लाख ५० हजार बराबरको क्षति भएको छ ।

यसैगरी, झापा हल्दिबारी गाउँपालिका–४ बलटोलका ६९ वर्षीय सकलदीप साहको टिनको छाना बाँसको टाटीबेराले बनेको तीनकोठे कच्ची घर पानीसँगै आएको हावाहुरीले उडाएर पूर्ण रुपमा क्षति हुँदा करिब एक लाख ५० हजार बराबरको क्षति भएको छ ।

हावाहुरीले दमक नगरपालिका–४ सङ्गम चोककी ३८ वर्षीया कमला अधिकारीको डेढ तले पक्की घरको माथिको तलाको सिँढी छोप्ने जस्ता उडाउँदा करिब ३० हजार बराबरको क्षति भएको छभने सोही स्थानका ५२ वर्षीय भीमप्रसाद सिग्देलको पक्की घरको माथिल्लो तलाको दुईवटा कोठाको जस्ता उडाउँदा करिब ६० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।




भर्खरै