१८ असार २०८३, बिहीबार
,
Latest
राष्ट्रियसभामा नौ मन्त्रालयका विनियोजन शीर्षकमाथि छलफल प्रारम्भ ‘सिग्नेचर व्रिज’ निर्माण अन्तिम चरणमा कर्णाली नदीमा गाडी खस्यो, उद्धार कार्य जारी मन्त्री चौधरी थाइल्याण्डमा बसोबास गर्ने नेपालीबीच छलफल नवनियुक्त सेबोन अध्यक्ष डा.भट्टलाई स्टक ब्रोकर एसोसिएसनको बधाई, पुँजी बजार सुधारमा सहकार्य गर्ने प्रतिबद्धता कर्णाली प्रदेश सरकारको उच्च प्राथमिकतामा मानसिक स्वास्थ्य सिंहदरबार घेराउ गर्न लागेका दृष्टिविहीनहरुलाई प्रहरीले रोक्यो शिक्षामन्त्रीद्वारा त्रिवि सेवा आयोगका नवनियुक्त अध्यक्ष किशोर थापाको शपथ अदालतको फैसला कार्यान्वयनका लागि पत्रकार खेम भण्डारी पक्राउ मनसुनजन्य सडक अवरोध हटाउन सडक विभागको पूर्वतयारीः देशभर २ सय ७७ उपकरण तैनाथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

साढे तीन महिनापछि राजधानीको सडकमा गुड्यो साझा (तस्बिरहरु)



अ+ अ-

काठमाडौं । साझा यातायातले आज देखि काठमाडौं उपत्यकामा बस सेवा सञ्चालन गरेको छ । 

नेपाल सरकारले तय गरेको स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाई उपत्यकाका सबै रुटमा बस सेवा सञ्चालन गरिएको साझा यातायातका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले बताउनुभयो । पाण्डेले साझा यातायात सञ्चालन हुँदै आएका रुटमा २६ वटा बस बिहान साढे ७ बजेदेखि साँझा ७ बजे सम्म सञ्चालन हुने बताउनुभयो । साझाका बसहरु बेलुका ग्यारेजमा आएपछि पूर्ण रुपमा सफा गरिने र बिहान सडकमा निकाल्नु अघि निर्मलिकरण गरिने उहाँले बताउनुभयो । बस चालक र सहचालकले अनिवार्य मास्क, पञ्जा र स्यानिटाइजरको प्रयोग गरी सुरक्षा सावधानी अपनाउने पाण्डेले बताउनुभयो ।

साझा बसमा यात्रुले अनिवार्य मास्क तथा स्यानिटाइजरको प्रयोग गर्नुपर्ने छ । यस्तै बस भाडाका लागि खुद्रा पैसाको व्यवस्था पनि यात्रु आफैले गर्नुपर्ने पाण्डेले बताउनुभयो । साझा यातायातले सरकारले तोके अनुसार साविकको भन्दा ५० प्रतिशत बढी भाडा उठाउनेगरी बस सेवा सुचारु गरेको हो । साझा यातायातले लगनखेलबाट गोदावरी, थानकोट, लामाटार, बालाजु, बुढानिलकण्ठ, सुर्यविनायक लगायतका रुटमा बस सञ्चालन गरेको छ ।