२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

शान्तिवार्तातर्फ आशाको सङ्केत : हमासले अमेरिकी बन्धकलाई रिहा गर्ने



अ+ अ-

गाजा सिटी। हमासको सशस्त्र शाखाले गाजामा सन् २०२३ को अक्टोबरदेखि बन्धक बनाइएका अमेरिकी–इजरायली नागरिक एडन अलेक्ज्याण्डरलाई सोमबार रिहा गर्ने निर्णय गरेको जनाएको छ ।

सोही क्रममा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजामा जारी सैन्य कारबाहीलाई अझ सघन बनाउने योजना रहेको स्पष्ट गर्नुभएको छ । हमासले आइतवार जानकारी दिँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको क्षेत्रीय भ्रमणअघि एडन अलेक्ज्याण्डरको रिहाइ गरिने र अमेरिकी पक्षसँग युद्धविरामका विषयमा प्रत्यक्ष वार्ता चलिरहेको जानकारी गराएको थियो ।

हमासको सैन्य शाखा इज्जेद्दिन अल–कस्साम ब्रिगेडका प्रवक्ता अबु ओबेदाले सोमबार एक सन्देशमार्फत् भनुभयो, “आज हामी अमेरिकी नागरिकता भएका इजरायली सैनिक एडन अलेक्ज्याण्डरलाई रिहा गर्ने निर्णयमा पुगेका छौं ।”

इजरायली प्रधानमन्त्री नेतन्याहूले यसअघि भन्नुभएको थियो, “इजरायलले कुनै युद्धविराम वा कैदीहरूको रिहाइमा सहमति जनाएको होइन, केवल एडन अलेक्ज्याण्डरलाई सुरक्षितरूपमा रिहा गर्नका लागि आवश्यक मानविय मार्ग उपलब्ध गराएको हो ।”

एक इजरायली अधिकारीका अनुसार, एडन अलेक्ज्याण्डरको स्वागतका लागि गाजाको दक्षिणी सिमानास्थित रे इम क्षेत्रको प्रारम्भिक केन्द्रमा विशेष सैन्य टोली तैनाथ गरिएको छ ।

हमासले सो बन्धकको रिहाइलाई युद्धविराम र मानवीय सहायता पुनः सुचारु गर्ने पहलसँग जोडिएको सकारात्मक संकेतका रूपमा लिएको छ ।

हमास निकट स्रोतले एएफपीलाई जानकारी दिँदै भन्यो, “इजरायलले सोमबार बिहान ९ः३० बजेबाट आफ्नो हवाई गस्ती, ड्रोन गतिविधि र सैन्य कारबाही स्थगित गरेको जानकारी दिएको छ, जसले सुरक्षित मार्ग सुनिश्चित गरेको छ ।”

स्थानीय नागरिकहरूका अनुसार, यो अस्थायी शान्तिले गाजा क्षेत्रमा केही राहत प्रदान गरेको छ । गाजाको दक्षिणी सहर खान युनिसमा विस्थापित भएकी ३४ वर्षीया सोमाया अबु अल–कासले भन्नुभयो,“थप केही समयअघि यहाँ शान्ति महसुस भयो, कुनै बमबारी भएन, विमानको आवाज पनि थिएन, जुन गाजाका लागि निकै दुर्लभ अवस्था हो । (रासस/एएफपी)




भर्खरै