२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य पूर्वप्रधानन्यायाधीश रेग्मीद्वारा संविधान संशोधनमा मूल मर्म जोगाउँदै शासकीय स्थायित्वमा जोड सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे
तपाईं के खोज्दै हुनुहुन्छ ?

खानेपानी मन्त्री भन्छन्, ‘जनताले महसुस गर्ने गरी काम भएको छ’



अ+ अ-

बारा। खानेपानीमन्त्री प्रदीप यादवले देशभरका खानेपानीका क्षेत्रमा नागरिकले प्रत्यक्ष रूपमा देख्ने र महसुस गर्ने गरी काम भएको बताउनुभएको छ ।

आज बाराको कलैया उपमहानगरपालिकास्थित सिस्वा महेशपुर खानेपानी आयोजनाको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दैै उहाँले देशभरका खानेपानीका समस्या समाधानमा सिङ्गो मन्त्रालयले काम गरीरहेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “हामीले योजना मात्रै होइन, परिणाम देखिने कामलाई प्राथमिकता दिएका छौँ । नागरिकले अनुभूति गर्न सक्ने काममा सरकार प्रतिबद्ध छ ।” पानीको गुणस्तर, पहुँच र व्यवस्थापनमा सुधार ल्याउन मन्त्रालयले निरन्तर काम गरिरहेको मन्त्री यादवले उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “हाम्रो अबको प्राथमिकता भनेको तराई–मधेससहित देशका ग्रामीण बस्तीमा शुद्ध खानेपानी पु-याउने हो, यसका लागि प्रदेश र स्थानीय सरकारसँग सहकार्यमा काम भइरहेको छ ।

आज शिलान्यास गरिएको उक्त आयोजनाले कलैया उपमहानगरपालिकाका करिब १५ हजार ५६५ जनसङ्ख्या प्रत्यक्ष रूपमा लाभान्वित हुनेसङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय वीरगञ्जका प्रमुख बिपुलकुमार दासले जानकारी दिनुभयो । रासस




भर्खरै