२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुलुकमा केही भएन भन्नेहरुले एकपटक मेची–महाकाली भ्रमण गरे हुन्छः काँग्रेस सांसद कार्की



photo: rss
अ+ अ-

नेपाली काँग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकमा केही विकास भएन भाष्य निर्माण भइरहेको उल्लेख गर्दै त्यस्तो भन्नेहरुलाई मेचीदेखि महाकालीसम्म भ्रमण गर्न आग्रह गर्नुभएको छ ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा अगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै सांसद कार्कीले यस्तो आग्रह गर्नुभएको हो । उहाँले प्रयाप्त विकास नभएपनि सिमित स्रोत र साधनद्वारा धेरै विकास भएको दाबी गर्नुभयो । यद्यपि विकासले जनताको चाहना र आवश्यकताहरु पूरा गर्न नसकेको उहाँको भनाइ छ । उहाँले विकास विरोधी कुरा गरेर मुलुकको अर्थतन्त्रलाई गतिशील र जनताका आवश्यकता पूरा गर्न नसकिने उल्लेख गर्दै निरर्थक र झुटो कुरा नगर्न समेत आग्रह गर्नुभयो । उहाँले गाउँ–गाउँमा विकास पुगेको भएपनि जनताको मन गाउँमा अडिन नसकेको उल्लेख गर्दै विकासको विश्लेषण गरेर अघि बढ्नु अहिलेको आवश्यकता रहेको बताउनु भयो । उहाँले जनचाहानाअनुसार मुलुकको विकास गर्नको लागि सरकार गम्भिर भएर अघि बढ्नुपर्नेमा उहाँको जोड छ ।

उहाँले भन्नुभयो, ‘अहिले केही भएन भन्नेहरुले एकपटक मेचीदेखि महाकालीसम्म भ्रमण गरे हुन्छ । प्रयाप्त विकास भएको छ भनेर म भन्दिन । तर धेरै विकासहरु हामीले सिमित स्रोत र साधनद्वारा गरेका छौँ । अवश्यपनि यो विकासले जनताको चाहना र आकाङ्क्षाहरु पूरा हुन सकेका छैनन् । तर विकास नै भएन भन्ने कुरा निरर्थक र झुट हो । यस्ता झुटा कुरा गरेर हामीले मुलुकको अर्थतन्त्रलाई गतिशील र जनताको आवश्यकताअनुसार अग्रसर गराउन सक्दैनौं । आज गाउँ–गाउँमा हिजोको भन्दा राम्रो सडकको पहुँच छ, खानेपानीको पहुँच छ, खानेपानीको अवस्था हिजोको भन्दा राम्रो छ । गाउँ–गाउँमा विकास भएको भएपनि जनताको मन त्यो गाउँमा अडेको छैन । गाउँमा विकास पुगेको छ तर जनता शहरतर्फ आउँदैछन् । शहरमा पनि मन नअडेपनि हाम्रा युवाहरु विदेश जाने होडबाजीमा छन् । यसलाई विश्लेषण नगरेर विकासको कुरा गर्यौं भने त्यो केबल भाषणको विषय मात्र हुनसक्दछ ।’

मुलुकमा राजनीतिक र आर्थिक स्थायित्व दिने दायित्व समेत वर्तमान सरकारमाथि रहेको सांसद कार्कीको भनाइ छ । उहाँले अगामी आर्थिक वर्षको बजेट दस्तावेजका लागि मात्र नभई मुलुकको आर्थिक–सामाजिक विकास हुनेगरी आउनुपर्नेमा जोड दिनुभयो ।