२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन



अ+ अ-

काठमाडौँ । संसद्को शिक्षा समिति अन्तर्गतको उपसमितिले विद्यालय शिक्षा विधेयकको प्रतिवेदन बुझाएको छ ।

छविलाल विश्वकर्माको संयोजकत्वमा गठित समितिले दवाफार छलफल सकेर आज शिक्षा समितिलाई प्रतिवेदन पेस गरेको हो ।

१५ परिच्छेद तथा १६३ दफामा रहेको विधेयकमा उपसमितिले १०१ दफामा परिमार्जन गरि १०८ बुँदामा प्रतिवेदन बुझाएको समिति संयोजक विश्वकर्माले जानकारी दिए ।

त्यस्तै, विधेयकमा १३ नयाँ दफा थप गरिएको, ४ दफा हटाइएको, १३ दफा नयाँ राखिएको र ६३ दफा यसअघिले सरकारले नै पेस गरेको विषयमा सदर गरिएको उनले बताए ।

समितिले विधेयकको प्रतिवेदन लेख्न उपसमितिलाई गत चैत ८ गते ३५ दिनको समय दिएको थियो । समयमै नसकिएपछि २२ वैशाखमा समितिले थप १० दिनको समय दिएको थियो । दुई पटक गरेर ४५ दिनसम्म उपसमितिले छलफल गरेर आज प्रतिवेदन बुझाएको हो ।

उपसमितिले पेस गरेको प्रतिवेदन अध्ययनका लागि समिति सदस्यहरूलाई दिइएको छ ।