२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश पेस



अ+ अ-

विराटनगर। कोशी प्रदेशसभाको सातौँ अधिवेशनको पहिलो बैठकमा आज ‘कोशी प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८२’ सभामा पेस गरिएको छ ।

आन्तरिक मामिला तथा कानुनमन्त्री रेवती रमण भण्डारीले उक्त अध्यादेश प्रस्ताव गर्दै सदन सञ्चालनमा नरहेको अवस्थामा नचलेको अवस्थामा सरकारले अत्यावश्यक कामकाज गर्न आठ वटा अध्यादेश ल्याएको जानकारी दिनुभयो ।

उहाँले जनताको चाहना र आवश्यकतालाई परिपूर्ति गर्न एवं प्रदेश सरकारले सम्पन्न गरेको लगानी सम्मेलनसँग सम्बन्धित कानुनलाई संशोधन नगरी नहुने अवस्थामा बाध्य भएर अध्यादेशबाट विधेयक ल्याएको बताउनुभयो । “उद्योग, व्यापारमा देखिएका कठिनाइ र लगानी सम्मेलनमा लगानीकर्तालाई आकर्षित गराउन अध्यादेशबाट आएका विधेयकले लगानी सम्मेलनलाई सफल बनाउन महत्वपूर्ण योगदान दियो”, मन्त्री भण्डारीले भन्नुभयो ।

बैठकमा नेपाल कम्युनिष्ट पार्टी(एमाले) संसदीय दलका उपनेता तिलकुमार मेङ्याङ्बो लिम्बूले सरकार सीमित साधनस्रोतको उच्चतम उपयोग गरी जनताको चाहना र आवश्यकतालाई पूरा गर्न इमान्दार भएर लाग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले जनताले सरकारसँग निकै आशा र अपेक्षा गरेकाले ‘समृद्ध नेपाल र सुखी नेपाली’ को राष्ट्रिय सङ्कल्प पूरा गर्नेगरी चालु अधिवेशन सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले अर्थतन्त्र बलियो भए मात्र देशलाई विकास र समृद्धिमा लैजान सकिने भन्दै लगानी सम्मेलनले कोशी प्रदेश सरकारलाई ठूलो सफलता मिलेको बताउनुभयो । उहाँले उद्योग र व्यापारलाई फस्टाउन तथा निजी क्षेत्रलाई लगानीका लागि प्रेरित गर्न आवश्यक पर्ने सबै कानुन संशोधन गर्न सरकारलाई सुझाव दिनुभयो । यस्तै, किसानलाई आवश्यक पर्ने रासायनिक मल समयमै उपलब्ध गराउन माग गर्नुभयो ।

बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्रकुमार राई, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो, राष्ट्रिय प्रजतान्त्र पार्टी संसदीय दलका नेता भक्तिप्रसाद सिटौला र जनता समाजवादी पार्टी संसदीय दलका नेता निर्मला लिम्बूले चालु अधिवेशनको सफलताको शुभकामना दिँदै सरकारले सबैको गरिमा राख्ने गरी बजेट बनाउनुपर्नेमा जोड दिनुभयो ।

कोशी प्रदेशसभाको अर्को बैठक सोमबार दिउँसो ३ बजे बस्ने उपसभामुख सिर्जना दनुवारले जानकारी दिनुभयो । रासस