२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस्तो देखियो हिमाली कला सम्मेलन- फोटो फिचर



अ+ अ-

सोलुखुम्बु — नेपालमा पहिलो पटक आयोजना गरिएको हिमाली कला सम्मेलनले सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका, सल्लेरीलाई कला, संस्कृति र सौन्दर्यको केन्द्रबिन्दुमा पुर्याएको छ। सम्मेलनमा देशभरका १७ जना भन्दा बढी कलाकारहरूले आफ्नो सिर्जनशीलता प्रस्तुत गरेका थिए।

हिमाली कलाको जगेर्ना गर्ने उद्देश्यले थेक्छेन पेमा छोलिङ गुम्बाको आयोजनामा ७ दिनसम्म चलेको यस कार्यक्रममा करिब १ हजार भन्दा बढी दर्शकले कलाकृतिहरूको अवलोकन गरेका थिए।

सम्मेलनमा चित्रकला, मूर्तिकला, फोटोग्राफीलगायतका विभिन्न विधामा कलाकारहरूले हिमाली क्षेत्रका सौन्दर्य, भौगोलिक विशिष्टता र सांस्कृतिक सम्पदालाई आफ्नो सिर्जनामा उतारेका थिए।

कलाकारहरूले हिमाल, भोटे जीवनशैली र धार्मिक परम्परालाई कलामा उतारेका थिए । यसैगरी हिमाली जनजीवन र प्राकृतिक दृश्यका तस्बिरहरू प्र्दशन गरिएको थियो । साथै स्थानीय कलाकारहरूको प्रस्तुती मार्फत हिमाली भेषभूषा र नृत्य सहितको सास्कृतिक कार्यक्रम गरिएको थियो । ७ दिनसम्म चलेको कार्यक्रममा हजारौँ दर्शकको उपस्थिति रहेको थियो ।

आयोजकका अनुसार, सम्मेलनले हिमाली कला, संस्कृति र परम्परालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ। आयोजकले आगामी वर्षहरूमा पनि यसलाई निरन्तरता दिने योजना रहेको बताएका छन्।