२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्लाहीमा दुई जनामाथि सुँगुरको खोरमा थुनेर कुटपिट, ४ जना पक्राउ



अ+ अ-

सर्लाही। सर्लाहीको पर्सा गाउँपालिका–५ का तसलिम अन्सारी र सलिम अन्सारीमाथि सुँगुरको खोरमा थुनेर कुटपिट गरिएको छ।

शनिबार बिहान १० बजेतिर स्थानीय युवाहरूले उनीहरूलाई खोरमा थुनेर कुटपिट गरेका हुन्। तसलिमकी छोरीको विवाहका लागि सुनचाँदी खरिद विषयमा स्थानीय सुनचाँदी व्यापारी राजिन्द्र साहसँग विवाद भएपछि घटनाले हिंसात्मक रूप लिएको हो।

पसले साहले युवाहरू परिचालन गरी अन्सारी दाजुभाइलाई कुटपिट गराएको आरोप छ। घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि प्रहरी सक्रिय भएको हो। जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी सरोज राईका अनुसार घटनामा संलग्न ४ जना पक्राउ परेका छन्। थप अनुसन्धान भइरहेको छ।

स्थानीय अगुवाहरूले घटनालाई धार्मिक रङ दिइएको भन्दै चिन्ता व्यक्त गरेका छन्।