५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिजो प्रम विरामी भएकोले आज मन्त्रिपरिषद बस्दै, विश्वलाई गभर्नर बनाइने



अ+ अ-

काठमाडौं ।आज साँझ ६ बजे मन्त्रीपरिषद बैठक बस्ने भएको छ । प्रधानमन्त्री केपी ओलीले साँझ बालुवाटारमा बस्ने गरी बैठक बोलाउनुभएको हो ।

सम्भवत आजै गभर्नर पनि नियुक्त गर्ने तयारी भएको कुरा बालुवाटार स्रोतले जानकारी दिएको छ ।

यसका लागि आज नै अर्थमन्त्री विष्णु पौडेलले गभर्नर सिफारिश समितिको बैठक पनि बोलाउनुभएको छ । अर्थमन्त्रीको अध्यक्षताको सो समितिले नाम सिफारिश गरेपछि आज नै साँझ गभर्नर नियुक्त गरिने भएको बालुवाटार स्रातले जानकारी दियो ।

यसअघि हिजो साँझ नै मन्त्रिपरिषद बैठक बोलाइएको थियो । तर प्रधानमन्त्री ओली हिजो अकस्मात विरामी परेपछि सो बैठक स्थगित भएको थियो ।

त्यसपछि आजका लागि सो बैठक बोलाइएको छ । यसअघि आज नै केही बेरअघि बालुवाटारमा प्रधानमन्त्री ओली र सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

सो भेटका क्रममा आजको मन्त्रिपरिषदको बैठकका गभर्नरको नियुुक्ति र अन्य एजेण्डका बारेमा कुराकानी भएको बताइएको छ ।

हिजो साँझ नै दुई नेता बसेर गभर्नर लगायतका यी एजेण्डा र विषयमा कुराकानी गर्ने तय भएकोमा प्रधानमन्त्री विरामी भएपछि बैठक बस्न सकेको थिएन ।