२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोडः देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य पूर्वप्रधानन्यायाधीश रेग्मीद्वारा संविधान संशोधनमा मूल मर्म जोगाउँदै शासकीय स्थायित्वमा जोड सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

गभर्नर नियुक्ति प्रक्रियाले चाँडै निकास पाउँछः प्रकाशशरण महत



file photo
अ+ अ-

गोरखा । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले वर्तमान गठबन्धन सरकार तोडिने अवस्था नरहेको बताउनुभएको छ । आज गोरखाका पत्रकारहरुसँग अन्तरक्रिया गर्दै उनले बजारमा चलेका अफवाहको पछाडि नलाग्न पनि आग्रह गर्नुभयो ।

“म अनावश्यक सूचनाको पछि नलाग्न म अनुरोध गर्दछु”, उहाँले भन्नुभयो, “यो गठबन्धन उच्चकोटीको भएकाले एकअर्काको दृष्टिकोणलाई बुझ्नुपर्दछ । गठबन्धन भन्नेबित्तिकै त्यहाँ साझा दृष्टिकोणको आवश्यकता पर्दछ ।”

उहाँले गभर्नर नियुक्तिको प्रक्रियाले चाँडै निकाश पाउनेमा समेत विश्वास व्यक्त गर्नुभयो । “अहिले कुनै पनि दलसँग स्पष्ट बहुमत ल्याउन नदिएकाले गठबन्धनको सरकार बनाउनु परेको हो । यसअघिका गठबन्धनभन्दा यो गठबन्धन बलियो भएकाले यसमा शङ्का, उपशङ्का उत्पन्न हुने खालका वातावरण सिर्जना हुनबाट जोगाउन सरकारमा रहेकाहरु बढी जिम्मेवार हुनुपर्छ ।”

आफू यसअघि अर्थमन्त्री हुँदा अस्तव्यस्त अर्थतन्त्रलाई सही ठाउँमा ल्याउन सफल भएको दाबी गर्दै उहाँले भन्नुभयो, “अहिले केही न केही सुधार भएको छ तर यति सुधारले हामी सन्तुष्ट छैनौँ, अब दोस्रो चरणको सुधारको योजना अघि बढ्नुपर्छ ।” उहाँले संसद्बाट अर्थसम्बन्धी पाँचवटा विधेयक पास भएको पनि उल्लेख गर्नुभयो ।




भर्खरै