२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोनाबाट काठमाडौंमा ५ को मृत्यु, संक्रमितको संख्या बढ्दै



अ+ अ-

काठमाडौं । संघीय राजधानीमै कोरोना भाइरस संक्रमणका कारण हालसम्म ५ जनाको मृत्यु भएको छ । पछिल्लोपल्ट काठमाडौंमा उपचाररत मिर्गौला रोगका २ बिरामीसहित सिन्धुपाल्चोकका १ पुरुषको मृत्यु भएको हो । यससँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार, काठमाडौं— १० शंखमूलका ६० वर्षीय पुरुषको असार २६ गते निधन भएको हो । फोक्सोमा पानी जमेको र मिर्गौला रोगको कारणले अस्पताल भर्ना भएको १० दिनपछि उनको ज्यान गएको हो । उनीे असार १६ गते पाटन अस्पतालमा भर्ना भएका थिए । उनको असार १७ गते स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।

गोकर्णेश्वर नगरपालिका वडा नं ४ का ५४ वर्षीय पुरुषको असार २५ गते उपचारका क्रममा मृत्यु भएको छ । काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा उनको मृत्यु भएको हो । उनी मिर्गौला रोगका बिरामी थिए । स्वास्थ्यमा समस्या आएपछि उनलाई काठमाडौं मेडिकल कलेजमा भर्ना गरिएको थियो । श्वासप्रश्वासमा पनि समस्या देखिएको थियो । उनको असार २१ गते स्वाबको नमुना संकलन गरी परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो ।

काठमाडौं नयाँ बानेश्वरका ८५ वर्षीय वृद्धको पनि कोरोना भाइरसका कारण गत असार १७ गते ज्यान गएको थियो । उनी उच्च रक्तचाप र पार्किन्सनका बिरामी थिए । छातीको समस्यापछि अस्पताल पुगेका उनको उपचारका क्रममा ज्यान गएको हो । उनको पनि मृत्युपछि १९ असारमा कोरोनाको पुष्टि भएको थियो । यसअघि ललितपुरमा २ जनाको कोरोना भाइरसबाट मृत्यु भएको थियो । ललितपुर, बुङमतीका ५६ वर्षीय पुरुषको जेठ १४ गते निधन भएको थियो । उनी १२ जेठमा किस्ट अस्पताल भर्ना भएका थिए । मृत्युपछि १५ जेठमा संक्रमण पुष्टि भएको थियो ।

त्यस्तै ललितपुरको महालक्ष्मी नगरपालिका– ५ का पुरुषको पनि मृत्यु भएको थियो । पाँच महिनाअघि मिर्गौला प्रत्यारोपण भएका उनी नर्भिक इन्टरनेसनल अस्पतालमा भर्ना भएका थिए । उपचारकै क्रममा उनलाई पाटन अस्पतालमा रिफर गरिएको थियो । उनको असार ११ असारको बिहान मृत्यु भएको थियो । यससँगै काठमाडौं उपत्यका निवासी ५ जनाको कोरोना भाइरसको कारण ज्यान गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सिन्धुपाल्चोक जिल्ला पाँचपोखरी— ६ का ४५ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उनको उपचारका क्रममा २५ असारमा पाटन अस्पतालमा निधन भएको डा। गौतमले जानकारी दिए । असार १८ गते क्षयरोगको उपचारका लागि उनी पाटन अस्पतालमा भर्ना भएका थिए । उपचारका क्रममा कोरोना स्वाब परीक्षण गर्दा उनमा असार २२ गते कोरोना पोजेटिभ पाइएको थियो ।

७४ संक्रमित थपिए

विगत २४ घण्टामा मुलुकमा थप ७४ जना कोरोना भाइरसका नयाँ बिरामी फेला परेका छन् । यो वृद्धिसँगै मुलुकभर पुष्टि भएका कोरोना संक्रमितको संख्या १६ हजार ७ सय १९ पुगेको छ । कोरोना संक्रमणबाट निको भएर फर्कनेको संख्या ८ हजार ४ सय ४२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल विभिन्न आइसोलेसनमा उपचाररत ८ हजार २ सय ३९ जना छन । त्यस्तै क्वारेन्टाइनमा रहनेको संख्या २ हजार ४ सय ९७ छ । अन्नपुर्णपोष्ट दैनिक