२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमिताभ र अभिषेकलाई कोरोना संक्रमण पोजिटिभ, जया र ऐश्वर्याको रिपोर्ट नेगेटिभ



अ+ अ-

मुम्बई । भारतमा कोरोनाको महामारी फैलिएको बेला बलिउड चर्चित अभिनेता अमिताभ बच्चन र उनका छोरा एवम् अभिनेता अभिषेक बच्चन कोरोना सँक्रमित भएका छन् । शनिबार राती अमिताभको कोरोना रिपोर्ट पोजेटिभ आयो । त्यसपछि अभिषेकको कोरोना परिक्षण गर्दाको उनको पनि शनिबार राती नै कोरोना भाईरस पोजिटिभ देखिएको छ । आफुलाई कोरोना सँक्रमण भएको अमिताभले सामाजिक संजाल ट्विटर मार्फत जानकारी शनिबार राती नेपाली समय अनुसार ११ बजेर ८ मिनटमा जानकारी गराएका छन् । कोरोना संक्रमित भएपछि अमिताभलाई शनिबार राती मुम्बईको नानावटी अस्पताल भर्ना गरिएको छ । लकडाउन खुलेपछि अभिनेता अमिताभले कौन बनेका करोडपति सहित अन्य छायाँकन सुरु गरेका थिए ।

सो क्रममा पूर्ण सावधानी अपनाए पनि आफुलाई कताबाट कोरोना सर्यो भन्नेबारे उनी प्रस्ट हुन सकेका छैनन् । त्यसैले आफुसँग सम्र्पकमा आएकाहरुmलाई कोरोना भाईरस परिक्षण गर्न उनले अनुरोध गरेका छन् । अमिताभलाई अस्पताल भर्ना गरेको केही समयपछि अभिषेकमा पनि कोरोना भाईरस पोजेटिभ देखिएको हो । अभिषेकको पनि रिपोर्ट पोजेटिभ आएपछि उनलाई शनिबार मध्यराती अस्पताल लगिएको छ । यसरी कोरोना सँक्रमित भएपछि अमिताभ र अभिषेक दुबैजनालाई अस्पताल भर्ना गरिएको हो । तर अभिताभकी पत्नी एवम् अग्रज अभिनेत्री जय भादुडी र अभिनेत्री ऐश्वर्य राय बच्चनको कोरोना टेस्ट नेगेटिभ आएको छ ।

अभिषेक र ऐश्वर्याकी छोरी आराध्याको कोरोना रिपोर्ट बारे शनिबार मध्यरात पछि पनि खुलाईएको छैन । अमिताभले शनिबार राती आफुलाई कोरोना भएको जनाउँदै सामाजिक संजालमा लेखेका छन्, ‘मलाई कोरोना पोजिटिभ देखिएको छ । म अस्पतालमा भर्ना भैसकेको छु । मेरो परिवार र स्टाफको पनि कोरोना परिक्षण भएको छ तर रिपोर्ट आएको छैन । पछिल्लो १० दिनदेखि मेरो सम्पर्कमा आउने सबैलाई म कोरोना परिक्षणका लागि अनुरोध गर्दछु ।’ यसरी ७७ बर्षका बलिउडका यी सफल नायकले आफूलाई विगत १० दिनयता भेट्ने सबैले कोरोना परिक्षण गर्न आग्रह पनि गरेका छन् । बच्चन परिवारका दुई सदस्य अमिताभ र अभिषेकमा कोरोना सँक्रमण देखिएपछि उनीहरुको घर शनिबार मध्यरातमा शिल गरिएको छ । जया र ऐश्वर्यालाई केही दिन अलग रुपमा क्वारेन्टाईनमा बस्न स्वास्थ्य विभागले अनुरोध गरिएको छ ।

शनिबार राती नै अमिताभको घरका काम गर्ने कामदार र उनको अफिसमा काम गर्ने कर्मचारीको पनि स्वाव नमुना सँकलन गरेर परिक्षणको लागि पठाईएको छ । कौन बनेगा करोडपति सहित अमिताभसँग जोडिएका सिनेकर्मी, प्राविधिकहरु पनि अहिले त्रसित भएका छन् । आईतबार उनीहरुको पनि कोरोना परिक्षण गरिने भएको छ । यता अमिताभ र अभिषेकलाई कोरोना सँक्रमण भएपछि देश बिदेशका प्रसँसकदेखि सिनेकर्मी, आफन्तसम्मले उनीहरुको सिघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । राजधानी दैनिक