२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

भिजिट भिसा प्रकरणः अध्यागमन कार्यालयका ९ कर्मचारीको सरुवा



अ+ अ-

काठमाडौँ । भिजिट भिसामा सेटिङ गरेर मानव बेचविखन गरेको अभियोगमा उजुरी परेपछि त्रिभुवन विमानस्थल अध्यागमनका ९ कर्मचारीको सरुवा गरिएको छ ।

भिजिट भिसामा बदमासी गरेको उजुरी गृह मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेपछि उनीहरुलाई गत मंगलबार नै सरुवा गरिएको  छ । गृहमन्त्री रमेश लेखक स्तरीय निर्णयबाट प्रमुख अध्यागमन अधिकृत (सहसचिव) तिर्थराज भट्टराईसहित तीन नायब सुब्बा, ४ कम्प्युटर अपरेटर र एक सहायक कम्प्युटर अपरेटरको सरुवा गरिएको हो ।

अख्तियारले उनीहरूको सरुवा भएको अर्को दिन बुधवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा छापा मारेको थियो । सोहिक्रममा प्रमुख अध्यागमन अधिकृत भट्टराईलाई बुधबार नियन्त्रणमा लिएर सामान्य सोधपुछपछि छोडेको थियो । उनको मोबाइल भने नियन्त्रणमा लिएर फरेन्सिक ल्यावमा परीक्षण भईरहेको छ ।

भट्टराईलाई नियन्त्रणमा लिनुअघि गृहमन्त्री लेखकले उनको सरुवा गरेर मन्त्रालय तानेका थिए । सरुवा गरिएका अन्य तीन नायब सुब्बामध्य प्रेमप्रसाद पौडेलको जिल्ला प्रशासन कार्यालय काठमाडौँ, वीरभद्र जोशीको जिल्ला प्रशासन कार्यालय काठमाडौँ, तथा नरबहादुर थापाको जिल्ला प्रशासन कार्यालय बाँकेमा सरुवा गरिएको छ ।

यस्तै, कम्प्युटर अपरेटरहरू उदेन सुवेदी, प्रदीपकुमार यादव, पवन गुरुङ, र धनराज उपाध्यायको कारागार व्यवस्थापन विभाग वा अन्तर्गत सरुवा गरिएको छ भने सहायक कम्प्युटर अपरेटर कमला श्रेष्ठको कारागार व्यवस्थापन विभागअन्तर्गत सरुवा गरिएको छ ।