२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
विद्यार्थीमा जलवायु सचेतना फैलाउन वक्तृत्वकला प्रतियोगिता कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘ऊनको स्वीटर’ तेस्रो हप्तामा, दुई हप्तामा ८ करोड १० लाख ग्रस कलेक्सन



अ+ अ-
काठमाडौं – चलचित्र ‘ऊनको स्वीटर’ देशव्यापी रूपमा १२० भन्दा बढी शोसहित प्रदर्शनको तेस्रो हप्तामा प्रवेश गरेको छ । निर्माता संस्था आर्टमाण्डू नेपाल प्रा.ली.का अनुसार, चलचित्रले दुई हप्ताको अवधिमा घरेलु बक्स अफिसबाट ८ करोड १० लाख रुपैयाँ ग्रस कलेक्सन गर्न सफल भएको छ । हालसम्म ओभरसिज कलेक्सन सार्वजनिक नभए पनि नेपाल बाहिर पनि चलचित्रले राम्रो व्यापार गरिरहेको बताइएको छ ।

नवीन चौहानको लेखन तथा निर्देशनमा बनेको यस चलचित्रले रिलिजको पहिलो दिनदेखि नै दर्शकको मन जित्दै देशभरका हलहरूमा हाउसफुल शो दिँदै आएको छ । प्रदर्शनको तेस्रो हप्तामा प्रवेश गरिसक्दा पनि फिल्मले १२० भन्दा बढी शो पाइरहेको छ, जुन नयाँ चलचित्रहरू रिलिज भएका परिस्थितिमा पनि उल्लेखनीय मानिएको छ ।

चलचित्रमा विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राई, सुरज तमु, भावना खपाङ्गी मगर र सुनिल पोखरेलको अभिनय रहेको छ । दर्शकहरूले दमदार अभिनय, जीवन्त संवाद र प्रभावशाली निर्देशनलाई चलचित्रको बलियो पक्षको रूपमा उल्लेख गरेका छन् । दर्शकको स्वतन्त्र समीक्षाबाट समेत चलचित्रको सकारात्मक चर्चा बटुलिरहेको छ ।