२४ जेष्ठ २०८३, आईतवार
,
Latest
बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

असार नसकिँदै आधाभन्दा बढी रोपाइँ



फाईल फोटो
अ+ अ-

काठमाडौँ । यस वर्ष असार नसकिँदै धान रोपाइँमा उच्च वृद्धि भएको छ । भदौ पहिलो हप्तासम्म हुने रोपाइँलाई राम्रै मान्ने गरिएको छ ।

समयमा मनसुन सुरु भएको र रासायनिक मल पहुँच र सिँचाइका कारणले ५० प्रतिशतभन्दा बढी धान रोपाइँ भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । १० दिनमा मात्र रोपाइँमा २५ प्रतिशतले वृद्धि भएको छ । असार १५ गतेसम्म ३५.४८ प्रतिशतसम्म मात्र रोपाइँ भएको थियो भने असार २२ गतेसम्म ६०.६३ प्रतिशत रोपाइँ भइसकेको छ ।

कुल क्षेत्रफलमध्ये १३ लाख ७१ हजार ७०६ हेक्टरमा धान रोपाइँ हुन्छ तर यसपटक त्यसमध्ये आठ लाख ३१ हजार ६१२ हेक्टरमा धान रोपाइँ भइ सकेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्कअनुसार असार २२ गतेसम्म ६०.६३ प्रतिशत रोपाइँ भइसकेको छ जबकि गत वर्ष २३.८० प्रतिशत रोपाइँ मात्र भएको थियो । अर्थात हालसम्म गतवर्षको तुलनामा ३६.८३ प्रतिशत बढी धान रोपाइँ भएको छ ।

विगतको तुलनामा तराईमा पनि रोपाइँमा निकै वृद्धि भएको छ । गत वर्ष यस बेलासम्म ९.७९ प्रतिशत मात्र रोपाइँ भएको थियो भने अहिले ५०.३३ प्रतिशत रोपाइँ भइसकेको छ । त्यस्तै, प्रदेश १ मा ५१.५४, प्रदेश ३ मा ५२.०२, गण्डकीमा ५६.४९, प्रदेश ५ मा ७५.४८, कर्णाली प्रदेशमा ७९.७५, सुदुरपश्चिम प्रदेशमा ७५.८६ प्रतिशत रोपाइँ भएको मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसीले जानकारी दिनुभएको छ ।

हालसम्म सबभन्दा बढी तराईमा ६२.३८ प्रतिशत रोपाइँ भइसकेको छ, जबकि असार १५ गतेसम्म ३४.३४४ प्रतिशत मात्र रोपाइँ भएको थियो । उच्च पहाडी भेगमा ५७.३४ प्रतिशत रोपाइँ भएको छ । त्यस्तै मध्य पहाडमा ५६.१४ प्रतिशत रोपाइँ भएको छ ।, समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।