२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
विद्यार्थीमा जलवायु सचेतना फैलाउन वक्तृत्वकला प्रतियोगिता कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

मदरसा व्यवस्थापनका लागि बजेट आवश्यक छ- महमदिन अली



अ+ अ-

नवलपरासी। मुस्लिम आयोगका अध्यक्ष महमदिन अलीले मदरसा व्यवस्थापन तथा विकासका लागि थप बजेट आवश्यक पर्ने बताउनुभएको छ ।

पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–३ स्थित मरसा प्रवर्द्धन सामाजिक केन्द्रको आज यहाँ उद्घाटन गर्दै उहाँले मदरसा व्यवस्थापन तथा विकासका लागि अर्थ मन्त्रालयलाई थप बजेट विनियोजन गर्न आग्रह गर्नुभयो ।

केन्द्रको रामग्राम नगरपालिका–८ का वडास्तरीय अध्यक्ष हैदरअलि मोमिनको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा आयोगका अध्यक्ष अलीले मदरसामा प्रयाप्त बजेट नहुँदा पूर्णरूपमा सञ्चालन तथा व्यवस्थापनमा समस्या भइरहेको बताउनुभयो । मदरसामा अध्ययन गर्नेहरूलाई गुणस्तरीय शिक्षा दिनुपर्नेमा जोड दिँदै उहाँले विद्यार्थीलाई इमान्दारीका साथ मेहनत गर्न आग्रह गर्नुभयो ।

अध्यक्ष अलीले प्रत्येक गाउँ टोलमा मदरसा सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । “मदरसामा कबरीसतान तथा मुस्लिम समुदायको समस्याका बारेमा छलफल गरी समाधान खोज्नुपर्छ । धार्मिक सहिष्णुता कायम राख्दै अन्य समुदायसँग सहकार्य र समन्वय आजको आवश्यकता हो”, उहाँले भन्नुभयो । रासस