२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

जम्बू–ऐठन



अ+ अ-

सालिन्दाजसो
बर्खाले मेरा आफ्नाहरुको जीवन र वस्तीहरु
बर्खास्त गरिरहेछ सिन्धुपाल्चोकमा !
जसै हिजो राति ठाडो खोलाले जम्बू बजार नै लग्यो भन्ने सुनेँ !
देखें, तस्वीर र दृश्यहरु
एउटा अनौठो ऐंठनले यसरि गाँज्दछ कि
तत्काल त्यहीँ अवतरण गर्न सकूँ
र बाढीपहिरोले थिचिएका जम्बूका आफन्तहरुलाई
प्रत्येक ढुंगाहरु पन्छाउँदै
फोक्सोमा थोरै भएपनि आफ्नो श्वास दिन सकूँ !

सिर्फ भावुकताको बिल्ला नलगाइदिनुहोला
यस्तो अराजनीतिले पनि हिर्काउँछ दिमागमा कैलेकैले कि
देशका शाशकहरु र भूउपयोगनीतिका
विश्वमान्य व्यवहारिक अनि सैद्धान्तिक किताबहरुलाई
एउटै खाल्डोमा राखेर पुरिदिउँ !

–सिन्धुवाद