२५ जेष्ठ २०८३, सोमबार
,
Latest
गोर्खा भूतपूर्व सैनिकका मागबारे परराष्ट्रमन्त्री र बेलायतका रक्षामन्त्रीबीच ‘भर्चुअल’ बैठक गण्डकी प्रदेश विद्यालय क्रिकेट उपाधि नवलपुरको भीमसेन आदर्शले जित्यो भारत भ्रमणबारे राष्ट्रपतिलाई रवि लामिछानेको ब्रिफिङ यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ आर्थिक सङ्कट व्यहोर्दै हेटौँडा सिमेन्ट उद्योग लाङ्क्यु खोलामा तटबन्ध निर्माण निर्वाचन पर्यवेक्षण प्रतिवेदन : मतदान केन्द्र पुनरावलोकन गर्न माग परराष्ट्र मन्त्री खनालसँग जापानी राजदूत माएदाको भेट दाङका आमा समूहले बजाउने नौमतीको माग बढ्यो इरानी नौसैनिक शाखामाथि इयूद्वारा नयाँ प्रतिबन्धको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीन भ्रमणमा रहेकी पूर्वराष्ट्रपति भण्डारीले आज उच्चस्तरीय वार्ता गर्ने



अ+ अ-

काठमाडौं । चीन भ्रमणमा रहेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज उच्चस्तरीय वार्ता गर्नुहुने भएको छ । १० दिने भ्रमणका क्रममा पूर्वराष्ट्रपति भण्डारी आइतबार बेइजिङ पुग्नुभएको हो ।

काठमाडौंबाट ग्वान्झाओ हुँदै जानुभएकी भण्डारी र उहाँको भ्रमण दललाई चिनियाँ कम्युनिस्ट पार्टी, चीन सरकारका अधिकारी एवं चीनका लागि नेपाली राजदूत डा. कृष्णप्रसाद ओलीले दासिङ अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् ।

आइतबार चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभाग प्रमुख लिउ जियान्चाओले पूर्वराष्ट्रपति र विदेशी प्रतिनिधिमण्डलको सम्मानमा रात्रिभोजसहित स्वागत समारोह आयोजना गर्नुभएको थियो । उहाँसहित चिनियाँ उपराष्ट्रपति हान झेङसँग भण्डारीको आज भेटवार्ता हुनेछ ।

भण्डारीको भ्रमण दललाई चीन सरकारको राजकीय आवासगृह दियाओ थाईमा राखिएको छ । चीन सरकारले उनलाई विदेशी सरकार प्रमुखसरहको सम्मान, सुरक्षा र आवासगृह प्रदान गरेको छ ।

सोमबार बेइजिङमा चिनियाँ कम्युनिस्ट पार्टी र विदेश मन्त्रालयद्वारा आयोजित छिमेकी देशका राजनीतिक दलहरूसँग संवाद कार्यक्रममा उहाँ सहभागी हुने र कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ । भण्डारी मंगलबार गान्सु प्रान्त हुँदै सिचुआनको छेन्दु भएर १९ जेठमा स्वदेश फर्किने भ्रमण–तालिका तय भएको छ ।