१८ असार २०८३, बिहीबार
,
Latest
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो प्रजातन्त्रमा कस्तो चाहिन्छ नागरिक शिक्षा ? सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा फिफा विश्वकप : बेल्जियम अन्तिम १६ मा, सेनेगल बाहिरियो अमेरिकी स्वतन्त्रता दिवस ‘रिसेप्सन’ समारोहमा उपराष्ट्रपति यादव सहभागी ठेक्का सम्झौता भएको पाँच वर्षपछि सडक स्तरोन्नति सर्पगन्धाले बदलिँदै सामुदायिक वनको स्वरूप पोखरा महानगरको बजेट पारित ठमेलमा अश्लील क्रियाकलापमा सङ्लग्न पाँच विदेशी महिला पक्राउ सरकारका १०० दिनः अर्थतन्त्रमा ‘मिसन मोड’ को राजनीतिक परीक्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकल महिलालाई निःशुल्क बाख्रा वितरण



अ+ अ-

झिमरुक । प्युठानको गौमुखी गाउँपालिकामा मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रममार्फत १३१  असहाय महिलालाई निःशुल्क बाख्रा वितरण गरिएको छ । आर्थिक तथा सामाजिक सूचाङ्कका आधारमा पछि परेका महिलालाई जीविकोपार्जन गर्ने उद्देश्यले स्थानीय खरी जातका बाख्रा वितरण गरिएको कार्यक्रमका सहजकर्ता सीताराम केसीले बताए । 
पालिकाका सात वटा वडाका एकल महिलाले बाख्रा पाएका छन् । सोका लागि मुख्यमन्त्री कार्यक्रममार्फत रु सात लाख बजेट विनियोजन गरिएको थियो ।

वृद्धवृद्धा सम्मानित 
गाउँपालिका क्षेत्रका एक सय वृद्धवृद्धालाई सम्मान गरिएको छ । सामाजिक संरक्षण कार्यक्रममार्फत उनीहरुलाई सम्मान गरिएको हो । तिनलाई हर्लिक्स, थर्मस, छाता, कम्बललगायत सामाग्री वितरण गरिएको सहजकर्ता केसीले बताउनुभयो । सो कार्यक्रमका लागि रु तीन लाख ५० हजार बजेट विनियोजन गरिएको थियो ।

त्यस्तै कार्यक्रममार्फत गौमुखी क्षेत्रका ७ वडामा तीन वटाको दरले २१  प्लाष्टिक टनेल, दुई नर्सरी स्थापना, सात उत्कृष्ट कृषकलाई सम्मानलगायत कार्यक्रम गरिएको थियो । त्यस्तै मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रमअन्तर्गत गाउँपालिकाका १६ कृषकलाई प्लाष्टिक टनेल वितरण गरिएको छ । व्यावसायिक रुपमा तरकारी खेती गर्ने कृषकलाई सहयोग पुर्याउने उदेश्यले प्लाष्टिक टनेल वितरण गरिएको सहजकर्ता हेमराज अधिकारीले बताए । यसको प्रयोगले मौसमी तथा बेमौसमी तरकारी खेती गरी व्यावसायिक कृषक बन्नका लागि भूमिका खेल्ने उनको भनाइ छ ।